ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु– सांसद शाही


admin
मंसिर १६, २०७६ सोमबार  १ : ०८ बजे

बागलुङ,१६ मंसिर । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा पछाडि परेको पश्चिम क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताउनुभएको छ । निर्वाचित भइसकेपछि प्रदेशसभा सदस्य शाहीले पत्रकारलाई प्रतिक्रिया दिँदै आफूले स्वर्गीय टेकबहादुरले देखेको पश्चिम बागलुङको समृद्धि आफूले पूरा गर्ने बताउनुभएको हो ।

शाहीले मुलुकको समृद्धि र स्थायित्वका लागि प्रदेशसभादेखि जिल्लासम्म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपनिर्वाचनमा विजयी भएपछि राससँग प्रतिक्रिया दिँदै जीतले आफूलाई खुशी र जिम्मेवार दुवै बनाएको बताउनुभयो । “जनताका आधारभूत आवश्यकतासँगै विकासका लागि काम गर्छु”, शाहीले भन्नुभयो, “विकासमा पछाडि परेको यस क्षेत्रलाई आफ्नो कार्यकालमा केही राहतको महसुस गराउनेछु ।”

जिल्लाको पश्चिममा रहेको आफ्नो क्षेत्र अवसर र विकासबाट पछाडि परेकाले त्यसका लागिसमेत यथेष्ट पहल र भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले देशकै एकमात्र सिकार आरक्षलाई नमूना पर्यटकीय गन्तव्य बनाउने भन्दै पश्चिम क्षेत्र विकट भए पनि पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना रहेको बताउनुभयो । “जनताले दिएको मतको सधैँ कदर गर्नेछु, जनताको सेवामा समर्पित हुनेछु”, सांसद शाहीले भन्नुभयो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनलाई दुई हजार ९७ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । शाहीले ११ हजार २३५ मत प्राप्त गर्नुभएको छ भने शेरचनले नौ हजार १३८ मत प्राप्त गर्नुभएको थियो ।ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको यस क्षेत्रको उपनिर्वाचनमा शुरुआतमा तीव्र प्रतिस्पर्धा भए पनि अन्ततः मतान्तर फराकिलो बन्दै गएको थियो । उपनिर्वाचनमा विभिन्न असन्तुष्टि र अप्ठ्याराका बीच जीत निकाल्न सफल भएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो । निसीखोला गाउँपालिकाबाट बाम गठबन्धनले चार हजार ८०६ मत प्राप्त गरेको छ भने काँग्रेसले तीन हजार २८२ मत प्राप्त ग¥यो । यहाँ काँग्रेसको भन्दा बाम गठबन्धनको एक हजार ५२४ मत बढी आएको छ । तर ढोरपाटनमा एक हजार ५०० देखि दुई हजारभन्दा बढीको अन्तर पर्ने आङ्कलन गरिएकामा जम्मा ९६५ मात्र बढी मत आएको छ । बामले गिलासमा चार हजार ५७० मत प्राप्त गर्दा काँग्रेसका शेरचनले तीन हजार ६०५ मत प्राप्त गरेका छन् । ढोरपाटनमा काँग्रेसले राम्रो मत ल्याए पनि तमानमा भने ठूलो मात्रामा अन्तर पार्ने मत ल्याउन सकेन । बाम गठबन्धनले एक हजार ८५९ मत प्राप्त गर्दा काँग्रेसले दुई हजार २५१ मत प्राप्त गरेको छ ।

यस क्षेत्रमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा साबिकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । त्यसबेला पनि घर्तीका प्रत्याशी रहेका काँग्रेसका शेरचनले आठ हजार ६६४ मत प्राप्त गर्नुभएको थियो । उक्त चुनावमा तीन हजार २६० मतको अन्तर थियो । यो अन्तर अहिले एक हजारभन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा उपचुनाव भएको हो । उपनिर्वाचनमा आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com