ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँ– चितवन मेडिकल कलेज


admin

चितवन,१३ मंसिर । चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

कलेजले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरु गरेको जनाएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सरकारसँग भएका दुईबुँदे सहमति पालना गर्न थालिएको बताउँदै बुधबारबाट प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । सहमतिमा विश्वविद्यालयबाट परामर्श गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र २०७४/०७५ र २०७५/०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले बुधबारबाट बढी लिएको रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने उल्लेख छ ।

त्यसैगरी शैक्षिक सत्र २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने भन्ने उल्लेख छ ।न्यौपानेले मन्त्रालयमा उक्त सहमति हुनुअघि नै चितवन मेडिकल कलेजले गत शैक्षिक सत्रमा लिइएको अतिरिक्त शुल्क समायोजन गर्ने घोषणा गरेको भए पनि कार्यान्वयनका लागि आन्दोलनरत विद्यार्थी र अभिभावकबाट अपेक्षित सहयोग नपाएका कारण सफल हुन नसकेको सो अवसरमा जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारसँग मेडिकल कलेज सञ्चालकका पनि केही असहमति थिए र छन् तर पनि नियमन गर्ने र अभिभावक भनेकै नै सरकार हो । त्यसैले सरकारले दिने निर्देशन र सहमति पालना गर्नु मेडिकल कलेजको दायित्व हो र त्यसमा हामी दृढ छौँ ।” सरकारसँग भएको सहमतिले नेपालको मेडिकल शिक्षाका आउने दिनहरु विवादरहित हुन्छन् भन्ने अपेक्षा गरिएको पनि उहाँको भनाइ थियो ।सरकारसँग भएको सहमतिपछि आन्दोलरत विद्यार्थीको माग पनि पूरा भएको बुझाई मेडिकल कलेज सञ्चालकको रहेको भन्दै उहाँले आन्दोलरत विद्यार्थीलाई तत्कालै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठनपाठनको सहज वातावरण बनाउन र भएको सहमति कार्यान्वयन गर्न आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

“विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयले करिब एक महिनापछि सारेको वार्षिक परीक्षा नजिकिसकेको अवस्थामा विद्यार्थीले परीक्षाको तयारी गर्नुहुन तथा वार्षिक परीक्षा सारिएको कारणले प्राज्ञिक पात्रोमा असर पर्न सक्ने भएकाले त्यसतर्फ समेत सचेत रहनुहुन सम्पूर्ण सरोकारवाला विद्यार्थी तथा अभिभावकमा आग्रह गर्न चाहन्छौँ”, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।यता विद्यार्थीले भने सरकारसँग भएको मेडिकल कलेज सञ्चालकको सहमति मान्य नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com