ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रौँ साग : पोखरा रङ्गशालाभित्र मेडिकल सेन्टर


admin
मंसिर १२, २०७६ बिहीबार  ३ : १९ बजे

पोखरा,१२ मंसिर । आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद साग लाई लक्षित गरेर पोखरा रङ्गशालाभित्र मेडिकल सेन्टर स्थापना गरिएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेलको दौरान चोटपटक लागेको खण्डमा आकस्मिक रुपमा स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले बहुउद्देश्यीय कभर्डहलभित्र चिकित्सकसहितको मेडिकल टोली सेन्टरमा उपलब्ध रहनेछ ।

साग स्वास्थ्य उपसमितिका संयोजक डा पदमबहादुर खड्काले दुई चिकित्सक, फिजियोथेराष्टि तथा नर्ससहितको स्वास्थ्य टोली बिहान ७ देखि साँझ ७ बजेसम्म दुई चरणमा १२ घण्टा उपलब्ध हुने बताउनुभयो ।सागका आठ खेलमध्ये पाँच खेल सञ्चालन हुने रङ्गशालाका विभिन्न पाँच स्थानमा प्राथमिक उपचार सामग्रीसहितको प्यारामेडिसिनको टोली रहने बताइन्छ । मेडिकल सेन्टरमा बाहेक खेलस्थल, आवासस्थलमा उपलब्ध हुनेगरी १५ चिकित्सक, १५ फिजियोथेरापिष्ट तथा ३० पारामेडिक्सलाई परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

“साग देशको प्रतिष्ठाको विषय हो, खासगरी कुनै पनि स्वास्थ्य समस्या आइपरेमा प्रभावकारी समाधानका लागि आवश्यक प्रबन्ध गरिएको छ”, खड्काले भन्नुभयो । सेन्टरमा हाडजोर्नी तथा दन्त चिकित्सक, नर्स, सिएमए, फिजियोथेरापिस्ट, स्ट्रेचर, प्राथमिक स्वास्थ्य सामग्री, औषधिलगायत अत्यावश्यक बस्तु रहने फिजियोथेरापिस्ट डा खड्गसिंह गुरुङले बताउनुभयो ।त्यसैगरी रङ्गशाला बाहिर सञ्चालन हुने तीन खेलस्थलमा प्राथमिक उपचारका लागि टोली रहने बताइन्छ । बिच भलिबल, ट्रायाथोलन र भारत्तोलन रङ्गशाला बाहिर सञ्चालन हुँदैछ ।

खेलको क्रममा बाहेक अन्य समयमा खेलाडी, अफिसियल तथा पाहुनालाई प्राथमिक स्वास्थ्य सेवाका लागि खेलाडीको मुख्य आवास क्षेत्र लेकसाइडको एक होटलमा २४ सै घण्टा तैनाथ हुने गरी मेडिकल टोली राखिने बताइन्छ । खेलाडीलाई कुनै समस्या आइपरेमा तत्काल सम्बन्धितस्थलमा पुग्ने र उपचार उपलब्ध गराउने तयारी समितिको छ । खेल अवधिभर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको मेडिकल टोलीसँग समन्वय भएकाले थप एम्बुलेन्ससहितको स्वास्थ्य टोली उपलब्ध हुने बताइन्छ ।

सागका आठ खेलका लागि पोखरामा स्वदेशी तथा विदेशी गरी ८४० खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ तथा साग पोखरा सहजीकरण समितिका संयोजक एवं प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले आज मेडिकल सेन्टरको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com