ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति दिन्छु– स्वास्थ्यमन्त्री ढकाल


admin
मंसिर ९, २०७६ सोमबार  २ : १९ बजे

काठमाडौं, ९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति नागरिकलाई दिन्छु, मेरो पहिलो ध्यान यसैमा रहन्छ ।”स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो औपचारिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले स्वस्थ्य नागरिक भएमात्र समृद्ध नेपाल बन्छ भन्नुभयो ।

बालस्वास्थ्य तथा खोप सेवा शाखाद्वारा आज यहाँ आयोजित दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरण पूर्वतयारी बैठकमा उहाँले स्वास्थ्य क्षेत्रमा विधि र थिति बसाली सम्मानित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभयो । मन्त्री ढकालले भन्नुभयो, “समग्र मन्त्रालयका बारेमा ब्रिफिङ लिँदैछु । यो सकिएपछि केही नयाँ कामको शुरुआत गर्छु । नीति तथा कार्यक्रम र बजेटमा भएका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लान मेरो जोड रहन्छ ।” यसअघि ढकालले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।

मन्त्रालयका सचिव खगराज बरालले स्वास्थ्य सेवाका कर्मचारी समायोजनका समस्याका कारण खोप अभियानमा समस्या आउन नदिइने बताउनुभयो । स्वास्थ्य सेवाका कर्मचारी समयोजनका कारण पछिल्लो समय खोप अभियान प्रभावित बन्न पुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक रोशन पोखरेलले खोपको भण्डारण र व्यवस्थापन प्रादेशिक तहबाट गर्न आवश्यक सबै अधिकार प्रत्यायोजन भएको जानकारी दिँदै आर्थिक निर्देशिकासमेत तयार भएको जानकारी दिनुभयो ।

परिवार कल्याण महाशाखाका निमित्ति निर्देशक केदार पराजुलीले विगत ४० वर्षमा नेपालले खोपका क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको चर्चा गर्दै अगामी दिनमा खोप कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ भन्नुभयो । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोस भेन्डरले सन् २०२३ सम्म नेपालबाट दादुरा रुवेला रोग निवारण गर्न खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

पाँचौँ राष्ट्रिय खोप अभियान सञ्चालन हुँदै

मन्त्रालयले दादुरा रुवेला रोग निवारण गर्न अगामी फागुन र चैत महिनामा पाँचाँै राष्ट्रिय दादुरा खोप अभियान सञ्चालनको तयारी गरेको छ । अगामी फागुन १ देखि ३० गते र चैत १ देखि ३० गतेसम्म गरी दुई चरणमा सो अभियान सञ्चालन हुने छ ।यसअघि मन्त्रालयले सन् २००४, २००८, २०१२ र २०१६ मा यस्ता अभियान सञ्चालन गरेको थियो । ५ वर्षमुनिका बालबालिकाको मृत्युको मुख्य कारकमध्ये दादुरा रोगलाई मानिन्छ । यस रोगलाई निवारण गर्न यस विरुद्धको खोप आवश्यक मानिन्छ ।

पहिलो चरणमा प्रदेश नं १, २, ५ र दोस्रो चरणमा प्रदेश नं ३, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशमा खोप अभियान सञ्चालन हुनेछ । बालस्वास्थ्य तथा खोप सेवा शाखाका निर्देशक डा झलक शर्माले ती दुवै अभियानमा करिब ३० लाख बालबालिकलाई दादुरा रुवेला विरुद्धका खोप लगाइनेछ । साथै तराई मधेशका १९ जिल्लाका १५ लाख जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने छ । संविधानमा खोप पाउने बालअधिकारभित्र रहेको छ । साथै खोप ऐनले समेत यस अधिकारलाई थप सुनिश्चित गरेको छ ।

देशका ५८ जिल्ला पूर्णखोप जिल्ला घोषित भइसकेका छन् । सन् २०१६ को स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार खोपको पुहँचमा नआएको ५ वर्षमुनिका बालबालिकाको सङ्ख्या एक प्रतिशत रहेको छ । यसैगरी पूर्ण खोप नपाउने बालबालिका २१ प्रतिशत रहेका छन् । गर्भवती आमा, जन्मने बित्तिकै र ५ वर्षमुनिका बालबालिकालाई हाल ११ प्रकारका खोप विभिन्न रोगका विरुद्ध निःशुल्क रुपमा लगाउने गरिन्छ । सन् २०१४ मा नेपालबाट पोलियो रोग निवारण भएको घोषणा गरिएको थियो ।

खोप राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएञ्जा बी, पोलियो, दादुरा, रुवेला, न्युमोकोकस र जापानिज इन्सेफ्लाइटिसविरुद्ध बालबालिकालाई खोप तथा गर्भवतीलाई धनुष्टङ्कार र भ्याकुते रोगविरुद्ध खोप लगाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com