ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक बनाउन दबाब : चरिकोटमा सिठी जुलुस


admin
मंसिर ७, २०७६ शनिबार  १ : ४९ बजे

चरिकोट, ७ मंसिर । अरनिको राजमार्गअन्तर्गत चरिकोटबाट मुडेसम्म सडकको अलपत्र पारिएको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयवासीले सिठी बजाएर विरोध गरेका छन् । निर्माणाधीन कम्पनीले सडक अलपत्र पारेपछि निर्माण गर्न दबाबस्वरुप प्रत्येक हप्ता फरक–फरक तरिकाले आन्दोलन गर्दै आएका छन् । यसपटक हाते साङ्लो बनाएर विरोध गरेका थिए ।

यसअघि निर्माण व्यवसायीलाई कालोपत्र गर्न माग गर्दै चरिकोटमा निर्माण व्यवसायी दीपक सापकोटाको फोटो ब्यानर बनाएर टाँसेका थिए । उनीहरुले बनाएको ब्यानरमा निर्माण व्यवसायीको नाम लेख्दै “तपाईँ मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ रु” भनेर प्रश्न गरेको ब्यानर बनाएर बस तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटोसहित दबाब अभियान शुरु गरेका थिए । “हामीले पटक–पटक फरक तरिकाले काम शुरु गर्न दबाब दिँदै आएका छौँ, निर्माण कम्पनीले हाम्रो माग पूरा गर्न जोडदार माग गर्दछौँ, चरिकोटका पत्रकार एवं नागरिक अगुवा चिरञ्जीवी मास्केले बताउनुभयो ।

निर्माण कम्पनीले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने, सामूहिक मुद्दा दायर गर्ने नागरिक अगुवा रमेश खतिवडाले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष जीवन लामाले सडक समयमै निर्माण नहँुदा दोलखाको पर्यटन व्यवसायमा नकारात्क असर परेको बताउनुभयो । दुई चरणमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो चरणको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ । पहिलो चरण खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर र दोस्रो चरण मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ । पहिलो चरणको काम रु ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको छ । पहिलो चरणअन्तर्गत खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक कालोपत्र भइसकेको लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बराहीले जानकारी दिनुभयो ।

दोस्रो चरणको मुडेबाट चरिकोटसम्मको ३० किलोमिटरका लागि भारतीय कम्पनी सकिल हैदरसँगको साझेदारीमा शङ्करमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्काको जिम्मा पाएका हुन् । रु ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ । यो कम्पनीले म्याद सकिएको दुई वर्ष बित्दासमेत कालोपत्र शुरु गर्न सकेको छैन । दोस्रो चरणको सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले गत असारदेखि कम्पनीलाई रु सात करोड हर्जना लगाएको छ । “पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता नजनाएको प्रमुख बाराहीले बताउनुभयो । स्वीस सरकारको सहयोगमा विसं २०४३ मा खाडीचौरबाट जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com