ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : अब जनतालाई ढाँटेर नेता बन्न सकिँदैन – नेत्री भट्टराई


admin
मंसिर ६, २०७६ शुक्रबार  ७ : ४० बजे

कास्की, ६ मङ्सिर । कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी मैदानमा उत्रनुभएका नेकपा उम्मेदवार विद्या भट्टराईले अब जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसकिने बताउनुभएको छ । विज्ञान र प्रविधिको विकासले हरेक काम तत्काल सबैलाई थाहा हुने भएकाले अब जो कोही पनि जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसक्ने भन्दै उहाँले पारदर्शी राजनीतिबाट मात्र राजनेता बन्न सकिने बताउनुभएको हो ।

निर्मलपोखरीको दम्सादीमा ८७ वर्षीया जशोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशिर्वाद लिँदै घरदैलोपश्चात्को कोणसभामा भट्टराईले नेतालाई जिम्मेवार बनाउन जनताको ठूलो भूमिका हुने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेताले नेतृत्व लिइरहँदा कहिलेकाहीँ बाटो बिराउन सक्छन्, त्यसतर्फ सचेत बनाउन जनताको ठूलो भूमिका हुन्छ ।”

आफूमाथि आम नागरिकको विश्वासले जीवनको महत्वपूर्ण समयलाई अब राजनीतिमा होमेर सामाजिक परिवर्तनका लागि चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ थियो । सही समयमा सही निर्णय गर्नसके पछुताउनु नपर्ने भन्दै नेकपा जनताको समस्यालाई समाधान गर्नसक्ने पार्टी भएको बताउनुभयो । उम्मेदवार भट्टराईले समृद्ध नेपाल राष्ट्रिय सङ्कल्प भएको र त्यसको नेतृत्व नेकपाले गरेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्ने महाअभियान सफल पारेरै छाड्ने दृढतासमेत व्यक्त गर्नुभयो ।

समृद्धिको सपना साकार पार्न पाँच वर्षका लागि पाएको जनादेश दुर्घटनावश फेरी अनुमोदनका लागि पोखरेली जनतामाझ आउनुपरेको भन्दै जनताको विश्वास टुट्न नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । पोखरा–२१ का नेकपाका चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा–२१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेललगायतले नेकपा सरकारले गरेका कार्यको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे पनि प्रकाश पार्नुभएको थियो ।

यसैबीच, निर्वाचन क्षेत्रका सबै वडामा आज नेकपाले ¥याली निकालेको छ । महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका सबै वडामा ¥याली निकालिएको हो । सिर्जनाचोकबाट शुरु भएको ¥याली जाल्पारोड, बगालेटोल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल नेपाल महिला सङ्घका निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टीभन्दा माथि उठेर महिला नेत्री विद्या भट्टराई अधिकारीलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com