ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह


admin
मंसिर ४, २०७६ बुधबार  ६ : १४ बजे

काठमाडौं, ४  मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनी रुपमै लगानी सुरक्षाको प्रत्याभूति गरिएको भन्दै नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट् युएई का लगानीकर्तालाई आग्रह गर्नुभएको छ । युएईको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री पोखरेलसँग दुबई उद्योग वाणिज्य सङ्घका अध्यक्षले आज गर्नुभएको भेटमा उहाँले नेपाल सरकारले निजी सम्पत्तिको राष्ट्रियकरण नगरिने, स्वदेशी तथा विदेशी लगानीबीच कुनै विदेभ नगरिने व्यवस्था गरेको बताउनुभयो ।

ठूला परियोजनामा लगानीसम्बन्धी सहजीकरण गर्न सरकारीस्तरमा प्रधानमन्त्रीको नेतृत्वमा लगानी बोर्डको व्यवस्था, करका दरमा सुधार, विशेष आर्थिक क्षेत्र र वस्तु तथा सेवा निर्यातमा कर छुटको व्यवस्था र विदेशी लगानीबाट प्राप्त नाफा र बिक्रीबाट प्राप्त रकम विदेशी मुद्रामा फिर्ता लैजाने सुविधा मिलाइएको भन्दै उहाँले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले कृषि, पर्यटन, जलस्रोत, भौतिक पूर्वाधारलगायत क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लिन सकिने बताउनुभयो ।

दुई ठूला मुलुकको बीचमा रहेकाले बजारको कुनै पनि समस्या नरहेको र मध्यपूर्वका मुलुकमासमेत नेपाली उत्पादन भएका सामग्रीको बजार राम्रो रहेको उहाँको भनाइ थियो । युएई नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार मुलुक भएको अवगत गराउँदै उपप्रधानमन्त्री पोखरेलले कृषिजन्य उत्पादन, पस्मिना, गहनालगायत सामानको निर्यात वृद्धि गरी नेपालको व्यापार घाटा न्यूनीकरणका लागि पहल गर्न आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com