ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली भुमि लिपुलेकको बारेमा भारत र चीनबीच भयो यस्तो सम्झौता !


admin
कार्तिक २८, २०७६ बिहीबार  २ : ११ बजे

 

काठमाडौं, २८ कात्तिक । भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक व्यापारिक नाका बनाउने सम्झौता भएको तथ्य बाहिर आएको छ। सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदनमा सन् १९५४ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको उल्लेख छ । सूर्यनाथ उपाध्याय संयोजकत्वमा गठित सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। सीमाविद् एवं अध्ययन टोलीका सदस्य पुण्यप्रसाद ओलीले नेपाल र चीनबीच दुईपक्षीय सीमा सम्झौता नहुँदै भारत र चीनले नेपाली भूभागलाई व्यापारिक नाका बनाउने सम्झौता गरेको बताए।

सन् १९९९ मा भारतीय विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमणका बेला लिपुलेकलाई व्यापारिक नाका विस्तार गर्ने सहमति भएको थियो। सन् २००५ अप्रिल ११ मा भारत–चीनबीच नेपालको लिपुलेक भन्ज्याङलाई सीमा ‘मिलन विन्दु’ मान्ने सहमति भएको थियो।यस्तै सन् २०१५ मे १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला भारत र चीनबीच च्याङ्ला/लिपुलेक नाकाबाट ‘सीमा व्यापार’ अघि बढाउने सहमति भएको थियो।

सुगौली सन्धिअनुसार लिपुलेक नेपाली भूमि भए पनि भारत र चीनले अनुमतिबिना आफूखुसी सहमति गरेको सीमासम्बन्धी अध्येता रतन भण्डारी बताउँछन्। नापी विभागका पूर्वमहानिर्देशकसमेत रहेका सीमाविद् ओलीका अनुसार २०१८ असोज १९ ९सन् १९६०० मा नेपाल–चीन सीमा सम्झौता भएको थियो। सम्झौतामा नेपाल र चीनबीचको पश्चिमी सीमा महाकाली र तिंकर नदीको पानीढलोबाट सुरु भएको उल्लेख छ।

सुगौली सन्धिमा ‘नेपालका श्री ५ महाराजधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारीहरू वा वारिसहरूका लागि काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सन्छ र ती देशहरू वा तिनका बासिन्दाहरूसित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन’ भन्ने उल्लेख छ। सन् १९६०–१९६२ मा नेपाल–चीनबीच सात स्थानमा सीमांकन भएको थियो। यस्तै सन् १९७८ मा नेपाल–चीनको एक हजार ४१४ किलोमिटर दुरीको सीमांकन भएको थियो।

सीमाविद् ओलीले चीनले भारत र चीनबीचको लिपुलेक ट्रेड लिंक सम्झौताबारे पटकपटक नेपालसँग सोधे पनि यताबाट चासो नदिएको बताए। ‘चीनले समाधान गर्न खोजेको हो। चीनले हामीलाई त्यस विषयमा सोधिरहेको हुन्थ्यो,’ उनले भने, ‘तर हाम्रो पक्षले ध्यान नदिएकाले पुनः अर्को सम्झौता भएको हो।’

चीन र नेपालबीच सीमा सम्झौतालगत्तै सन् १९६२ मा भारत–चीन युद्ध भएपछि लिपुलेक रोकिँदै आएको थियो। २०७२ जेठ १ मा भारत र चीनले त्यही नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक बनाउने गरी पुनः सम्झौता गरे। सीमाविद् ओलीले लिपुलेकलाई व्यापारिक नाका बनाउने सन् २०१५ को सम्झौता पहिलो नभएको बताए। भारतले लिम्पियाधुरा क्षेत्रको ३३५ र कालापानी क्षेत्रको ६० वर्गकिलोमिटर जग्गा अतिक्रमण गरेकै थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com