
‘रौतहट,२६ कात्तिक । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते समेत भएका छन् । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार रहेका छन् भने उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् ।
रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले भन्नुभयो घटनाबारे सूचना प्राप्त भए पनि पुष्टि भइसकेको र सञ्चार सेटमा सूचना आउनुको साथै थप विवरण लिने प्रयास गरिरहेको बताउनुभयो ।
उहांले भन्नुभयो, ‘चौकी सीमा क्षेत्रमा पर्छ । त्यसैले घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको छ ।







प्रतिक्रिया दिनुहोस्