
बझाङ,२० कात्तिक । बझाङमा नेपाली सेनाद्धारा वम डिस्पोजल गरीएको छ ।
जिल्लाको वुगल नगरपालीका वडा नं ६ दान्तोलीमा लुकाएर राखेको वम नेपाली सेनाले डिस्पोजल गरेको छ ।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार खेत जोत्ने क्रममा मंंगलवार प्लास्टीकको ड्रममा वारीमा लुकाएर राखेको अवस्थामा ६९ वटा वम भेटाएपछी बुधवार बिहान शार्दुल गुल्मीवाट खटीएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमका अनुसार बम खिया लागेको हुनाले द्धन्दकालीन अवस्थाको हुन सक्ने बताए ।








प्रतिक्रिया दिनुहोस्