
काठमाडौं २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा मेल्लेख गाउँ संगठन कमिटीद्धारा तीन जनाको नाम सिफारिस मेल्लेख गाँउपालिकाको वडा नं ५ विन्देवासिनीमा मंसिर १४ गते हुने उप–निर्बाचनको लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा मेल्लेख गाउँ संगठन कमिटी तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
सिफारिस हुनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य बिरबहादुर साउद, गत स्थानीय तहमा वडा अध्यक्षमा पराजित भएका रमेश वहादुर खड्का, गाउँ संगठन कमिटी सदस्य गोविन्द खड्काको नाम जिल्लामा सिफारिस भएको मेल्लेख गाउँ संगठन कमिटीका ईन्चार्ज हिरण्ड प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले भने कात्तिक २४ गते पछि नाम चयन गर्ने नेपाली काँग्रेसका सभापति भरत कुमार स्वाँरले जानकारी दिनुभयो । नेपाली काँग्रेसबाट अहिलेका कार्वाहक अध्यक्ष रेवन्त अधिकारीलाई अध्यक्षको उम्मेवादर बनाउने चर्चा समेत रहेको छ । मेल्लेख गाँउपालिका वडा नं ५ बिन्देबासीनीमा निर्बाचित वडाध्यक्ष राम बहादुर बोहराको मृत्यु भएपछि उप–निर्बाचन हुन लागेको हो ।








प्रतिक्रिया दिनुहोस्