ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बग्दादी मार्न लागेको त्यो १५ मिनेटको अपरेशन


एबीसी न्यूज
कार्तिक १३, २०७६ बुधबार  ९ : ५९ बजे

काठमाडौं, कात्तिक १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक घोषणा गरे, अमेरिकी स्पेशल फोर्सले सिरियामा छापा मार्ने क्रममा इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफैंलाई मारे । उनका अनुसार शनिबार हेलिकप्टर एक अज्ञात स्थानबाट अमेरिकी स्पेशल फोर्सलाई लिएर साँझ ५ बजे बाशिङ्टनबाट उडेको थियो । त्यसबेला ट्रम्प हृवाइट हाउसको सिचुएशन रुपमा अन्य नेताहरुसँगै थिए । हेलिकप्टर एक घन्टा १० मिनेटसम्म दुवै दिशाको आकासमा रहृयो, जबकी अपरेशन दुई घन्टासम्म चल्यो । इदलिब सिरियाली राष्ट्रपति बसर अल असदका विरोधीहरुको पकड भएको अन्तिम किल्ला हो ।

अमेरिकी हेलिकप्टर टर्कीको आकास हुँदै गयो, सिरियाली र रुसी सेनाको नियन्त्रणको क्षेत्र पनि पार गर्‍यो । अमेरिकी अपरेशनबारे रुसलाई जानकारी नभएको तर उसले आफ्ना हेलिकप्टरहरुलाई जान दिएको भन्दै ट्रम्पले भने, ‘रुसले सहयोग नै गर्‍यो ।’ जब हेलिकप्टर बग्दादी रहेको क्षेत्रमा पुग्यो, तब गोलाबारी सुरु भयो । यसलाई समाप्त पार्न हामीलाई धेरै बेर लागेन ।’ उनले भने । बरिशा गाउँका एक व्यक्तिले बीबीसीलाई भने, ‘जमिनमा बस्नुअघि हेलिकप्टरबाट ३० मिनेटसम्म गोलाबारी भयो । हेलिकप्टरबाट दुई घरमा मिसाइल पनि हानियो । एउटा घर पूरै ध्वस्त भयो ।’ ट्रम्पका अनुसार बारिशा गाउँमा पहिले एउटा हेलिकप्टर ल्याण्ड भयो । अमेरिकी स्पेशल फोर्सका जवानहरु बगदादी रहेको परिसरको पर्खालमा बसे ताकि मूल ढोकामा फस्नबाट बचियोस् । त्यसपछि अपरेशन सुरु भयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘पहिले पुरै कम्पाउण्ड खाली गरियो, या त आत्मसमर्पण गरुन् या मारिउन् । ११ बच्चालाई बाहिर निकालियो । त्यसपछि सुरुङमा बग्दादी मात्र रहे । बग्दादी सुरुङमा भाग्न लागे, तर त्यो सुरुङमा बाहिर निस्कने बाटो थिएन । त्यसक्रममा बग्दादी निकै रोएका थिए ।

ट्रम्पले भने, ‘उनी सुरुङको अन्तिम किनारामा पुगे । हाम्रो कुकुरले उनलाई पछ्याइरहेको थियो । आखिरमा उनी खसे र कम्मरमा बाँधेको विस्फोटकमा आफू र सँगै लगेका तीन बच्चालाई उडाए । विस्फोटका कारण उनको शरीर टुक्राटुक्रा भएको थियो । सुरुङ पनि क्षगिग्रस्त भयो ।’
ट्रम्पले भने, ‘१५ मिनेटभित्रै बग्दादी मारिए ।’

राष्ट्रपति ट्रम्पले भनेका छन् जो व्यक्तिले आफूलाई आत्मघाती विस्फोट गराए, उनको शरीरको अवशेषको तत्काल डीएनए जाँच गरिएको थियो, र त्यसबाट मृतक बग्दादी नै भएको पुष्टि भएको छ । अमेरिकी स्पेशल फोर्ससँगै विज्ञ पनि रहेको र उनीहरुले नै डीएनए टेष्ट गरेका थिए । विज्ञ टिमले उनको शरीरको केही भाग पनि ल्याएका छन् । यद्यपि अहिलेसम्म बग्दादीको मृत्यु भएको स्वतन्त्र पुष्टि भएको छैन । यो अपरेशनका क्रममा अमेरिकी स्पेशल फोर्सलाई कुनै क्षति नभएको राष्ट्रपति ट्रम्पले बताए । यद्यपि बग्दादीलाई पछ्याउने क्रममा अमेरिकी सेनाका एक कुकर घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com