ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन मंगलबारदेखि, नयाँ नेतृत्व चयन हुँदै


एबीसी न्यूज
आश्विन २७, २०७६ सोमबार  ७ : १२ बजे

काठमाडौं, २७ असोज  । गैह् आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन मंगलबार देखि राजधानी काठमाण्डौमा हुने भएको छ ।

संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । सम्मेलनमा ८१ मुलुकका गैह् आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागी समेत गरि २ हाजर ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ । सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ । “म, मेरो एन आर एन ए र मेरो नेपाल” भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ । ।

यसैबीच संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपालीहरु जस्तै गैह् आवासिय नेपालीहरु ठगिएको बताएको छ । पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफुहरु ठगिएको बताउनुभएको हो । विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उहाँले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाख भन्दा बढी मिनाहा दिएको पनि जानकारी दिनुभयो । तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “जसरी सर्वसाधरण जनताहरु ठगिन्छन् त्यसैगरी आज नेपालमा गैह् आवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु ।

राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

कांग्रेसमा दलको नेता को बन्ने ?

सम्बन्धित

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

भक्तपुर प्रहरीको स्वीप अपरेसन– ९० जना पक्राउ

आज केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

ओली– लेखकको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हेर्दाहेर्दैमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com