काठमाडौं, २२ चैत्र । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले मिसिलमा संलग्न कागजात हेर्दा, पीडितको पढाइमा निरन्तरता रहेको र प्रतिवादीले संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको बताएका छन् ।शर्माले पीडितलाई यातना दिई दास बनाइ राखेका हुन भन्ने आरोप पुष्टि गर्ने वस्तुनिष्ठ आधार नदेखिएकोले सरकारी वकिल कार्यालय काठमाडौं र पाटन उच्च अदालतबाट मुद्दा नचलाउने निर्णय कानूनसम्मत रहेको आदेशमा उल्लेख छ ।गत जेठ १६ गते महान्यायाधिवक्ताको कार्यालयबाट प्रतिवादीलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न भनिएको छ ।








प्रतिक्रिया दिनुहोस्