ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा चुनावी माहोल तात्यो, १६८ जनाको उम्मेदवारी


admin

सप्तरी, १७ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चुनावी माहोल तातेको छ ।

बिहिबार मनोनयन दर्तापश्चात् राजविराजलगायत शहरी तथा ग्रामीण क्षेत्रको बजार चोक, पसल र सार्वजनिकस्थलमा निर्वाचनको बहस, छलफल र प्रचारप्रसार शुरु भएकोे छ ।

राजविराजको विभिन्न छापाखाना र आर्टमा पसलमा पार्टीको झण्डा, ब्यानर र आकर्षक नारा सहितका पम्पप्लेट छपाइको कार्य भ्याइनभ्याइ भएको व्यवसायीको भनाइ छ ।

आफ्नो पार्टीबाट टिकट नपाएका नेताले स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो प्रचारप्रसारमा लागेको र त्यसबाट ठूला दलका उम्मेदवारलाई निर्वाचनमा समस्या परेको सम्बद्ध दलका प्रतिनिधिको गुनासो छ ।
राजपाबाट टिकट नपाउनु भएएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र सहमहामन्त्री जयप्रकास ठाकुर, संघीय समाजवादी पार्टीबाट टिकट नपाएका भीमराज यादव पनि बागी उम्मेदवार बन्नुभएको छ ।

पार्टीले भेद्भाव गरेकोले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उहाँहरूको तर्क छ । उता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस शुरु गरेको छ ।

जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुने भन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवी रामेश्वर दास बताउनुहुन्छ ।

सप्तरी जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी १६८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि चारवटा क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदवारी दिएका छन् भने आठ प्रदेशसभा सदस्यका लागि १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका लागि क्षेत्र नं–१ बाट १४ जना, क्षेत्र नं–२ बाट १८ जना क्षेत्र नं ३ बाट १२ जना र क्षेत्र नं ४ बाट १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेशसभाका लागि क्षेत्र नं १ को १ र २ बाट ९–९ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नं ४ को २ बाट १२ जनाले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् ।

विभिन्न दलले गठबन्धन बनाए पनि दल भन्दा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको पाइएको छ ।
प्रतिनिधिसभाका लागि कूल ५९ जनाले उम्मेदवारी दिएकामा २१ जना स्वतन्त्र उम्मेदबार छन् भने प्रदेशसभाका लागि १०९ जनाले उम्मेदवारी दिएकामा ३९ जना स्वतन्त्र छन् ।
उक्त निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले शान्ति सुरक्षाको अवस्था कडा बनाउँदै लगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com