ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक शिक्षा सुधारोन्मुख– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
आश्विन ११, २०७६ शनिबार  ४ : २४ बजे

काठमाडौं, ११ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज बनेपामा आयोजित विश्व शिक्षक दिवस तथा विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक शिक्षा सुधारतर्फ गइरहेकाले आम नागरिकसमक्ष आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको शिक्षा गुणस्तरोन्मुख छ, त्यसलै आम नागरिकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अपिल गरेको हुँ ।” कतिपय सामुदायिक विद्यालयले अङ्ग्रेजी भाषाबाट शिक्षण गर्न शुरु गरिरहेका उल्लेख गर्दै उहाँले क्रमशः अरु विद्यालयले पनि अनुशरण गरिरहेका बताउनुभयो ।

मन्त्री बाँस्कोटाले कतिपय निजी विद्यालयका भवन जस्तापाताका असुविधायुक्त रहेका समेत आफूले देखेकोमा दुःख लागेको उल्लेख गर्नुभयो । “जस्तापाताका निजी विद्यालयमा समेत महङ्गो शुल्क लिइन्छ, सामुदायिक विद्यालयका भवन निकै राम्रा र सुविधायुक्त बनेका छन्, यससँगै शैक्षिक गुणस्तरमा फड्को मार्दैछ” उहाँले भन्नुभयो ।

आफ्नो भ्रमणका क्रममा जनकपुरस्थित एक सामुदायिक विद्यालयमा दुई हजार ६०० विद्यार्थी रहेको पाएको स्मरण गराउँदै उहाँले निजी विद्यालय नभएर त्यस स्थानमा एउटै विद्यालयमा ठूलो सङ्ख्यामा विद्यार्थी भएको भन्नु गलत सावित भएको बताउनुभयो । मन्त्री बाँस्कोटाले सरकारले शैक्षिक नीति सुधार गर्दा शैक्षिक विज्ञबाट सुझावको अपेक्षा गरेको बताउनुभयो ।

“नीति बनाउँदा सरकार शैषिक विज्ञको सुझव ग्रहण गर्दछ, कसैलाई काखा र कसैलाई पाखा गरी व्यवहारमा आउन नसक्ने नीति बनाउँदैन, तपाईहरु ढुक्क हुनुहोस्”, उहाँले भन्नुभयो । सरकारको ‘डिजिटिलाइजेसन’ कार्यक्रमअन्तर्गत एक हजार विद्यालयमा इन्टरनेटसहितको कम्प्युटर ल्याब व्यवस्थापनको तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष विष्णु पोखरेल, सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष माधवप्रसाद अधिकारी, सङ्गठनका ३ नं प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । ९तस्वीर पनि उपलब्ध छ०
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com