ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीको एकता र सद्भावलाई कसिलो बनाउँछ– मन्त्री कार्की


एबीसी न्यूज

काठमाडौं, ८ असोज । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको एकता र सद्भावलाई कसिलो बनाउन चाडपर्वले योगदान दिएको बताउनुभएको छ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मन्त्री कार्कीले यस प्रदेशमा कानून निर्माणमा उल्लेखनीय काम भएको प्रष्ट पार्नुभयो ।

उहाँले निर्माण भएका कानूनबाट प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै प्रदेश सरकारले सहमति र सहकार्यको बाटो रोजेको बताउनुभयो । मन्त्री कार्कीले विगतमा कानून, संरचना र कर्मचारीको अभावले गर्दा आशातित उपलब्धि हासिल गर्न नसकेपछि चालू आर्थिक वर्षमा सरकारले उल्लेखनीय प्रगति हासिल गर्ने उद्देश्यका साथ काम गरिरहेको धारणा राख्नुभयो । ‘‘प्रदेश सरकारले संसद्को सर्वोच्चतालाई कायम गर्दै जनशक्ति र अनुभवको अभ्यासबाट प्रदेशलाई समुन्नत बनाउने सरकारको सङ्कल्प छ’’, मन्त्री कार्कीले भन्नुभयो ।

नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सरकारले कानून निर्माण गरेसँगै अनुगमनको पाटोलाई विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सरकारले आफ्नो हितमा मात्र नभएर सबैको हितमा काम गर्न सुझाव दिँदै नेपालीका महान् चाड दशैँका अवसरमा सबैलाई शुभकामना दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका जयराम यादवले बजेट वितरण गर्ने प्रणालीमा सरकारले सुधार गर्नुपर्ने सुझाव दिँदै चाडपर्वका अवसरमा विराटनगर महानगरपालिकाको अवस्था नाजुक भएकाले सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्दिरा राईले प्रदेश सरकारले साना दललाई पनि सम्मान दिएकाले प्रदेश सरकारलाई धन्यवाद दिँदै बडा दशैँको शुभ अवसरमा सबैको सुख शान्तिको कामना गर्नुभयो । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले सरकारको नारा मीठो र रसिलो भएअनुसार काम गर्नुपर्ने तर्क गर्नुभयो । यसअघि प्रदेशसभा नियमावली २०७४ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज सावाँ लिम्बूले वार्षिक प्रतिवेदन सदनमा पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com