ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार सम्भव


एबीसी न्यूज

काठमाडौं, ७ असोज । धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन् । सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाउनुभएको छ ।

तनहुँको ब्यास नगरपालिका–११ का चार वर्षीया निर्मला चेपाङ गत भदौ २६ गते घरमै खेलिरहेको अवस्थामा तातो पानीले जलेर घाइते भएकी थिइन् । कम्मरमुनिको भाग जलेर घाइते भएकी चेपाङलाई उपचारका लागि परिवारले सोही दिन दमौली अस्पताल ल्याएको थियो । दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा लैजान चिकित्सकले सुझाव दिए पनि चेपाङ परिवारले आर्थिक अभावमा उनलाई पोखरा लैजान सकेन र दमौली अस्पतालमै केही दिन बालिकाको उपचार गरियो । चेपाङ परिवारको अवस्था थाहा पाएपछि अस्पतालमै कार्यरत अहेब मगरले बालिकाको तस्बीरसहित फेसबुकमा पोष्ट गर्दै सहयोगका लागि आह्वान गर्नुभएको थियो । फेसबुककै माध्यमबाट पीडित बालिकाको उपचारका लागि तत्कालै रु ५० हजार सङ्कलन गर्न सफल भएको मगरले जानकारी दिनुभयो ।

“फेसबुकमा हालेपछि विभिन्न व्यक्ति र सङ्घ संस्थामार्फत् सहयोग जुट्यो,” उहाँले भन्नुभयो, “उक्त रकमबाट थप उपचारका लागि पीडित बालिकालाई पोखरा पठाइयो ।”पीडित बालिकाको पोखरामा उपचार भइरहँदा पनि जिल्लामा उनको उपचारका लागि अन्य व्यक्तिले पनि सहयोग प्रदान गरिरहेका थिए । मगरका अनुसारपीडित बालिकाको उपचारका लागि रु एक लाख ३३ हजार ५०० सङ्कलन भएको छ ।

उनको उपचारका लागि रु ५८ हजार पाँच सय खर्च भएको र बाँकी रु ७५ हजार दमौलीस्थित सनराइज बैंकमा खाता खोलेर जम्मा गरिएको छ । “बालिकाको उपचारपश्चात् स्वास्थ्यमा सुधार आएको र घाउ निको हुने क्रममा छ,” उहाँले भन्नुभयो, “ड्रेसिङको काम दमौली अस्पतालमै भइरहेको छ ।” निर्मला चेपाङ सहयोग अभियानमार्फत् सङ्कलन भएको रकम बैंकमा जम्मा गरेर उक्त बैंकको चेक आज पीडित बालिकालाई हस्तान्तरण गरिएको छ ।

पीडित बालिकाकी आमा धनमाया चेपाङले आर्थिक अभावमा छोरीको उपचारमा समस्या भएको अवस्थामा रकम जुटाएर सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । पीडितबालिकाका बुबा गणेशमान चेपाङ व्यास नगरपालिका–११ स्थित एक इँट्टामा दैनिक मजदूरी गर्दै आउनुभएको छ । दैनिक मजदूरी गरेर कमाएको रकमले ६ जनाको परिवार पाल्नुपर्ने अवस्था रहेको छ ।

“दैनिक गुजारा गर्न नै गाह्रो भएको अवस्थामा छोरीको उपचार गर्ने समस्या भएको थियो,” उहाँले भन्नुभयो,“रकम सङ्कलन भएपछि छोरीको स्वास्थ्य सुधार हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com