ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए आईसीसी अध्यक्षमा पन्तको उम्मेदवारी घोषणा (फोटो फिचर)


abc news

काठमाडौ / एनआरएनएको १० अबै रुपैयाको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सकृय एनआरएनए आईसीसीका वर्तमान उपाध्यक्ष कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा कार्यक्रमको आयोजना गरी पन्तले उम्मेदवारी घोषणा गर्नुभएको हो । अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताको पाँच मन्त्रसहित पन्तले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनएको नेतृत्व गर्नका लागि उहाँले गैरआवासीय नेपालीको सामुहिक र व्यक्तिगत लगानी भित्राउन सकृय रहने लगायत २० बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

१० अर्बको सामुहिक लगानी कोषलाई मूर्तरुप दिने, विदेशमा सिकेको ज्ञान, सीप, प्रबिधि नेपाल भित्राउन बातावरण बनाउन पहल अगाडि बढाउने, गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वायनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धि अवस्थाको व्यवहारिक कार्यान्वयनमा लाग्ने लगायतका योजना पन्तले अगाडि सार्नुभएको छ ।

सन् २००४ देखि एनआरएन अभियानमा संगल्न पन्त सन् २००९ मा एनआरएनए आईसीसी सदस्य र सन् २०१३ मा एनआरएनए आईसीसी महासचिव हुनुभएको थियो । सन् २०१५ देखि लगातार दुई कार्यकाल एनआरएनए आईसीसी उपाध्यक्ष हुनुभएका पन्त जर्मनीको फ्रयांकफर्टमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com