ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक समृद्धिको प्रमुख आधार ऊर्जा– मन्त्री पुन


एबीसी न्यूज

काठमाडौँ, २६ भदौ । सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानीका लागि वैदेशिक लगानीकर्तालाई आग्रह गरेको छ ।

संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानीका लागि खुला हृदयसाथ आउन आग्रह गर्नुभयो । उहाँले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै पाँच हजार मेगावाट विद्युत् निर्यातका लागि छुट्याइएको समेत उल्लेख गर्नुभयो । नेपालको कूल ऊर्जा खपतको ८० प्रतिशत ऊर्जा परम्परागत बायोमास तथा पेट्रोलियम पदार्थ जस्ता प्रणालीमा नै रहेको भन्दै उहाँले देशभित्रै पनि जलविद्युत् र नवीकरणीय ऊर्जा खपतका लागि प्रशस्त आधार रहेको बताउनुभयो ।

उहाँले जलविद्युत् र नवीकरणीय ऊर्जा सात प्रतिशतमात्रै उपभोग भइरहेको भन्दै त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको प्रष्ट पार्नुभयो । हालसम्म ८८ प्रतिशत जनसङ्ख्या ग्रिड र अफग्रिडका माध्यमबाट विद्युतीय पहुँचमा पुगेको र विद्युत्को प्रतिव्यक्ति उपभोग २४५ किलोवाट प्रतिघण्टा रहेको उल्लेख गर्दै मन्त्री पुनले भन्नुभयो, “हामीले प्रसारण र वितरण प्रणालीलाई बढाउँदै र विस्तार गर्दै लगेका छौँ ।”उहाँले छिमेकी देशसँग पनि बजार पहुँचका लागि सहकार्य गरिरहेको जानकारी गराउनुभयो । मन्त्री पुनले छिमेकी देश भारतसँग ऊर्जा व्यापार र प्रसारण प्रणाली अन्तर आबद्धता सम्झौता भएको र त्यस्तै प्रकृतिको सम्झौताका लागि चीन र बङ्गलादेशसँग सहमति भएको बताउनुभयो ।

उहाँले ऊर्जा क्षेत्रमा अन्तरदेशीय विद्युत् व्यापारका लागि आधारभूत सहमतिमा पुगेको पनि उल्लेख गर्नुभयो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका सार्क देशसँग ऊर्जा सहयोग तथा आदानप्रदानका लागि ‘फ्रेमवर्क’मा सहमति जुटिसकेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० सदस्य राष्ट्रबीच पनि ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा सहमति भइसकेको उहाँको भनाइ थियो ।

मन्त्री पुनले भन्नुभयो, “नेपाल उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् सहकार्यका लागि तयार छ । सोहीअनुसारको कामसमेत भइरहेको छ ।” वर्तमान सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ सङ्कल्पलाई आत्मसात् गर्दै निश्चित समयभित्र विद्युत् उत्पादनमा कायापलट गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै उहाँले भन्नुभयो, “आगामी १० वर्षभित्र १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने र पाँच हजार मेगावाट छिमेकी देशलाई निर्यात गर्ने लक्ष्य राखेका छौँ ।”

ऊर्जा क्षेत्रमा सहकार्य, छिमेकीसँग प्रसारण तथा ग्रिडको सञ्जाल विस्तार जस्ता विषयलाई सरकारले प्रमुख प्राथमिकतामा राखी काम गरिरहेकोसमेत उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रतिव्यक्ति विद्युत् खपत दरलाई बढाएर एक हजार ५०० किलोवाट प्रतिघण्टा पु¥याउने लक्ष्यसाथ काम भइरहेको सो अवसरमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com