ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के भए हुन्छ डेंगु ? डेंगुका लक्षण र बच्ने उपायहरु यस्ता छन ?


एबीसी न्यूज
भाद्र २३, २०७६ सोमबार  १२ : ४० बजे

काठमाडौं, २३ भदौ  । राजधानी काठमाडौंसहित देशभर महामारीका रूपमा फैलिएको डेंगुले पाँच जनाको मृत्यु भइसकेको छ । यस रोगबाट अहिलेसम्म ७० हजार व्यक्ति बिरामी भएको अनुमान चिकित्सकले गरेका छन् ।

डेंगुका कारण पछिल्लोपटक शनिबार राति रूपन्देहीमा एक महिलाको मृत्यु भएपछि यस रोगबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो । यअघि डेंगुबाट ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको छ । तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना छन् । त्यस्तै, प्रदेश १ का ७५३ मा डेंगुको आशंका गरिएको छ ।

डेंगुबाट संक्रमित कपिलवस्तुको वाणगंगा–७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको उपचारका क्रममा शनिबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मत्यु भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन् ।

निजी अस्पतालमा गएका तथा अस्पताल नै आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार जना डेंगु संक्रमित रहेको अनुमान चिकित्सकको छ । सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ ।

कसरी सर्छ डेंगु ?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो एक प्रकारको ज्वरो हो। यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी हुन्छ। ससाना पानीको पोखरीमा यसले फुल पार्छ। खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यो लामखुट्टेले फुल पार्छ।

डेंग एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्छ।

यी हुन् लक्षण स्
(डेंगुको प्रमुख लक्षण एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशी दुख्ने
–शरीरमा बिमिरा आउने
–वाकवाकी लाग्ने
–पेट दुख्ने
–नाक वा गिजाबाट रगत बग्ने
–रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षण पनि देखा पर्न सक्छ

यी हुन् बच्ने उपाय
–डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै स् गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउने
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने
–घरका झ्याल ढोकामा जाली लगाउने
–घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com