ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील छ’– मन्त्री थापा


एबीसी न्यूज

काठमाडौं,  २१ भदौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकका लागि सरकार सदैव सहयोग गर्न संवेदनशील रहेको बताउनुभएको छ ।

गोदावरी नगपालिका–१४ बाडेगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज आयोजना गरेको ‘स्मारिका विमोचन तथा छैटौँ साधारणसभा’ कार्यक्रममा उहाँले मुलुकमा ज्येष्ठ नागरिकको हक–अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम अघि बढिरहेका स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “देशमा रहेका ७५३ स्थानीय तहमध्ये सरकारले करीब २०० स्थानीय तहमा जेष्ठ नागरिक सेवा केन्द्र शुरु गर्न लागेको छ ।”

साठी वर्ष पार गरेका यस्ता व्यक्ति आदरणीयका साथै पूजनीय रहेको मन्त्री थापाको भनाइ छ । उहाँले विगतका युवा हालका ज्येष्ठ नागरिकले जीवनको लामो समय समाजमा योगदान गरिसकेकाले उहाँहरुबाट पुरानो ज्ञान, अनुभव, सीप, कला, दक्षता र थुप्रै भोगाइ सङ्कलन गर्न सकिने बताउनुभयो । सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य पम्फा भुषालले समाजमा बढ्दै गएको सो केन्द्रको सुविधाले आज वृद्ध बुबाआमामा पुनःमिलनको सम्बन्ध फर्काउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सानो छँदा हरेक चोक, पसल र घर वरपरका पाटीपौवा वृद्धवृद्धाहरु बसेर कुराकानी र छलफल गर्ने परिपाटी थियो ।” उक्त परम्परा हाल हराउँदै गएकाले सो केन्द्रको स्थापनापछि पुनः सङ्गठित हुनेमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

अर्का सदस्य नवराज सिलवालले ज्येष्ठ नागरिकले असल समाज निर्माण गर्न सहयोग गरेकामा राज्य उहाँहरुप्रति निकै खुशी भइरहेको बताउनुभयो । नगरपालिका उपप्रमुख मुना अधिकारीले ज्येष्ठ नागरिकको व्यवस्थापनका लागि नगरपालिकाले प्रत्येक वडामा रु एक लाख विनियोजन गरिसकेको जानकारी गराउनुभयो । कार्यक्रममा कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकका लागि सातै प्रदेशमा आरोग्य आश्रम निर्माण गर्ने योजना अघि बढिरहेको बताउनुभयो । केन्द्रका अध्यक्ष जोगबहादुर महर्जनले घरवरपरका वृद्धवृद्धामा मुन्टो बर्टार्ने र भावनात्मक रुपमा टाढा–टाढा हुँदै जाने परिपाटी बढेसँगै केन्द्रले एकताको सूत्रमा बाँध्न मद्दत गर्ने अपेक्षा राख्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com