ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास र समृद्धिको मुख्य आधार पर्यटन– मुख्यमन्त्री राउत


एबीसी न्यूज

काठमाडौं,  २१ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताउनुभएको छ । बर्दिवासमा आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उहाँले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताउनुभयो ।

प्राकृतिक, सांस्कृतिक र भौगोलिक रुपले नेपाल वैभवशाली भए पनि यिनको उपयोग ठिक ढङ्गले गर्न नसक्दा नेपालीको पछौटेपन हट्न नसकेको उहाँले बताउनुभयो । मुलुकमा तीनै तहका सरकार बनी सक्दा पनि आपसी समन्वय हुन नसक्दा कामको मेसो नै समात्न नसकिएको मुख्यमन्त्री राउतको भनाइ थियो । “हामीबीच राम्रो समन्वय हुन सकेको छैन”, उहाँले भन्नुभयो । प्रदेश सरकारले आठवटै जिल्लाका प्रमुख धार्मिक स्थललाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने अवधारणा बनाइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश २ सँग संसारलाई देखाउन सक्ने सांस्कृतिक वैभव भएको र त्यसको उपयोगको खाका प्रदेश सरकारले कोरेको बताउनुभयो । प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, रामआशिष यादव र शारदादेवी थापाले नेपालको पर्यटन विकासमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । महासङ्घका प्रदेश २ संयोजक हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी सबै क्षेत्रले समन्वयात्मक रुपले काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com