सल्यान, ५ कात्तिक । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँचमा रहेका जिल्ला अस्पताललाई स्तरोन्नति ...