ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको २२ जनवर्गीय संगठनका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लाग्यो


एबीसी न्यूज

काठमाडौं, १ भाद्र  ।  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को आइतबार साँझ बसेको सचिवालय बैठकले जनवर्गीय संगठनहरुका इञ्चार्ज तथा सह–इञ्चार्जको टुंगो लगाएको छ।

सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता सचिवालयले जनाएको छ । टुंगो लागेका २२ मध्ये ६ वटा जनवर्गीय संगठनमा भने सदस्य सचिव माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ को प्रस्ताव राख्नुभयो ।

सचिवालय बैठकले माधव कुमार नेपालको तेस्रो वरीयता झलनाथ खनाललाई दिएको छ ।यो निर्णयपछि नेता नेपालको तेस्रो वरीयता खोसिएको छ । नेता नेपालले वरीयताक्रम मिलाउनका लागि पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु प्रस्ताव पनि राख्नुभयो।

वरीयता खोसिएपछि यस विषयमा पार्टीको विधानमा अनावश्यक रुपमा चलखेलको गरेको भन्दै नेता नेपालले असन्तुष्टि पनि व्यक्त गर्नुभयो।

उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

युवा तथा विद्यार्थी विशेष कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल, मजदुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइटेल तोकिएका छन् ।

पेशागतमा इन्चार्ज केशव नेपाल, सहइन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली, उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सह शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् ।

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह डिलाराम आचार्य, झक्कु सुवेदी छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ, किसानको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धर तोकिएका छन् । किसान महासंघको नयाँ अध्यक्षमा पूर्वमन्त्री हरिप्रसाद पराजुलीलाई प्रस्ताव गरिएको छ ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का तथा युवामा इन्चार्ज महेश बस्नेत र सहइन्चार्ज रामप्रसाद सापकोटा दिपशीखा छन् । त्यस्तै विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की छन् ।

पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com