ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरो सम्बन्धी स्थायी समाधान खोज्नुपर्ने सांसदको माग


एबीसी न्यूज

काठमाडौं, १ भाद्र । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको हो ।

सांसद उमा रेग्मीले सुगौली सन्धिलगायतका सन्धिको सक्कलप्रति नेपालमा नभएको सुन्नमा आएको छ भन्दै त्यसको वास्तविकताबारे सरकारको जवाफ माग गर्नुभयो । “नेपालीको हातमा जग्गा छ तर लालपूर्जा भारतमा छ, यस्तो किन हुन्छ रु, भारतसँगको सिमानामा समस्या छ, त्यसको सरकारले दीर्घकालीन समाधान किन खोज्न सकिरहेको छैन रु”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद देवप्रसाद गुरुङले सैन्य आदातलसम्बन्धी ऐनमा भएको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गर्नुभयो । सांसद डा मीनेन्द्रप्रसाद रिजालले आर्थिक वृद्धिका बारेमा हल्का टिप्पणी नगर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद अनिलकुमार झाले बाढीका कारण तराईका जनताको जनधनको क्षतिबारे पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकारले बेवास्ता गरेको भन्दै गुनासो गर्नुभयो ।

“असारको अन्तिम साता बाढीका कारण मधेशमा ठूलो जनधनको क्षति भयो तर बाढी पहिरोका बारेमा पटकपटक कुरा राख्दासमेत दीर्घकालीन समाधान खोजिएको छैन, सरकारले वितरण गरेको राहत पनि एकपक्षीय भएको छ, फितलो भएको छ, यसबारेमा सरकारको ध्यानाकर्षण होस्”, उहाँले भन्नुभयो । सांसद उमाशङ्कर अरगरियाले कूल जनसङ्ख्याको १२ प्रतिशत मैथिली भाषा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हटाइएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसदद्वय प्रेम सुवाल र गोपालबहादुर बमले विभिन्न स्थानमा भारतले लगाएको तटबन्ध हटाउनका लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद प्रदीप यादवले प्रक्रिया पूरा गरेका नेपाली नागरिकलाई राज्यले नागरिक प्रदान गर्नुपर्छ भन्नुभयो । सांसद मोतीलाल दुगडले मुलुक निर्माणमा योगदान पु¥याउँदै आएको मारवाडी समुदायलाई राज्यले बेवास्ता गरेको भन्दै गुनासो गर्नुभयो । सांसद प्रकाश रसाइली स्नेहीले देशमा विभिन्न स्थानमा अवैधानिकरूपमा भएको बालुवा उत्खनन रोक्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com