प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीको संबोधन



काठमाडौं, १ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आइतबार संबोधन गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले समसामयिक विषय र संसदमा उठेका विषयमा जवाफ दिने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री ओलीलले संसदमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी दिने बताइएको छ ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All