चेल्सीको पोष्टमा म्यान्चेस्टर युनाइटेडको चार गोल



काठमाडौँ, २७ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार सुरुवात गरेको छ ।

गएराति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४–० गोलअन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको हो । चेल्सी भने आफ्नो पहिलो खेलमै लज्जास्पद हार व्यहोर्न बाध्य भयो । म्यान्चेस्टर युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुई गोल गर्दा एन्थोनी मार्सियल र ड्यानियल जेम्सले समान १–१ गोल गरे । खेलको १८ औं मिनेटमा नै राष्फोर्डले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उनकै गोलले म्यान्चेस्टर युनाइटेडले अग्रता लिएको थियो ।

खेलको ६५ औं मिनेटमा एन्थोनीले गोल गरेपछि चेल्सीविरुद्ध युनाइटेड दोब्बर अग्रताले अघि रहेको थियो । त्यसको दुई मिनेटपछि नै अर्थात ६७ औं मिनेटमा राष्फोर्डले अर्को गोल थप्दै युनाइटेडलाई ३–० गोलको अग्रता दिलाए । ८१ औं मिनेटमा जेम्सले गोल गरेपछि युनाइटेडले चेल्सीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

    Comment Here!


सम्बन्धित समाचार

View All