बझाङ, ६ साउन । बझाङको सदरमुकाम चैनपुरको शान्तिमार्ग जाने वाटोमा जयपृथ्वी नगरपालीकाले बिना सूचना सडक निर्माण गर्न थालेपछी आवत जावतमा समस्या भएको छ ।
जयपृथ्वी नगरपालीका र सडक डिभिजन कार्यालय बैतडीको आर्थिक सहयोमा निर्माण भईरहेको सडक स्थानिवासिन्दाहरुलाई जानकारी बिना नै डोजर चलाएपछी खानेपानीका पाईपहरु काटीदा खानेपानीको अभाव हुनुका साथै पैदल यात्रीहरुलाई समस्या भएको स्थानिय सुरेश धामीले बताए । दुई वर्ष अगाडी निर्माण भएको सडकमा यसरी जथाभावी रुपमा डोजर चलाउदा स्थानिवासीहरुले समस्या भोग्दै आएका छन ।
यस बिषयमा कुराकानि जयपृथ्वी नगरपालीकाका मेयर बिरेन्द्र खड्का सडकको विषयमा बोल्न चाहेनन् ।
यसरी बिकासको नाममा जथाभावी रुपमा डोजर चलाउदा नगरवासीहरुले बारम्वार दु:ख पाँउने गरेका छन ।
प्रतिक्रिया दिनुहोस्