काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भुगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो। नाम भने आजै बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
आजैको बैठकबाट पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंगो लगाउने अपेक्षा गरिए पनि त्यसबारे निर्णय हुन सकेन। अर्को बैठक मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ। बैठकले पार्टीको विभागहरु, आयोगहरु, केन्द्रीय निकायहरु, प्रवास संगठनहरुको एकीकरणको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्