ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रागिरी हिल्स लिमिटेडलाई २० लाख रुपैयां जरिवाना


ABC NEWS
श्रावण १, २०७६ बुधबार  ८ : ०३ बजे

 

बन तथा वातावरण मन्त्रालयले चन्द्रागिरी हिल्स लिमिटेडलाई २० लाख रुपैया“ जरिवाना गरेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ ईआईए० उल्लघंन गरेर बनाइएको चन्द्रागिरी हिल्स लिमिटेडलाई २० लाख रुपैया“ जरिवाना गरेको हो । चन्द्रागिरी हिल्स लिमिटेडलाई पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नगरेसम्म सञ्चालन गर्न नपाउने भएको छ । चन्द्रागिरिलाई वातावरण ऐनको धारा १८ ९१० मा व्यवस्था अनुसार कारवाही गरिएको बन तथा वातावरण मन्त्रालयले जनाएको छ । वातावरण ऐनको धारा १८ ९१० मा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ ईआईए० उल्लघंन गर्नेलाई ५ देखि २५ लाख रुपैया“सम्म जरिवाना र पूरक प्रतिवेदन व्यवस्था गर्नुपर्ने छ । चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएको छ । चन्द्रागिरिले बनाएका संरचना ईआईए प्रतिवेदनमा उल्लेख भएजस्तो वातावरणमैत्री र कटेज नभई कंक्रिट टावर भएको पुष्टि भएको छ ।


वन मन्त्रालयका प्रवक्ता सिन्धु प्रसाद ढुंगानाले चन्द्रागिरिलाई २० लाख रुपैयां जरिवना र र पूरक इआए गर्ने मन्त्रीस्तरीय निर्णय भएको बताएका छन् ।
वातावरणीय प्रभाव र नियम भन्दा बाहिर गएर चन्द्रागिरि हिल्सले एक सय कोठा क्षमताको रिसोर्ट बनाइरहेको छ । निर्माणाधीन रिसोर्टका ४८ वटा कोठा सञ्चालनमा आएको हिल्सका प्रवन्धकले बताए । २०६९ भदौ १९ मा हिल्सले ४ देखि ८ कोठा सम्मका ४०वटा कटेज बनाउने स्वीकृत लिए पनि ५ वटा सिमेन्टेट भवन बनाएर राजनीतिक पहुंचका आधारमा ती सबै नियम उल्लंघन गर्दै आएको छ ।
चन्द्रागिरि हिल्सको बद्मासी र पटक पटक नियम उल्लंघन गरेपछि त्यस विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकारकामा पनि उजुरी परेको छ ।
चन्द्रागिरि हिल्सले आफ्नो रिसोर्टलाई ५ तारे रिसोर्ट भन्दै मार्केटिंग गरिरहेको छ । चन्द्रागिरि केवुलकार र यी संरचना बन्ने बेलादेखि नै यो परियोजना विवादित बन्दै आएको र पटक पटक देखावटी कारबाहीसमेत हुने गरेको छ । तर पनि हिल्सका सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले राजनीतिक पहुंच र जे पनि गर्न तयार हुने शैलीका कारण उनको अवैधाकि क्रियाकलापमा बन्देज भने लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com