ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ– अध्यक्ष दाहाल


एबीसी न्यूज
असार ३१, २०७६ मंगलबार  ८ : २३ बजे

 

काठमाडौं,३१ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उहाँले असार मसान्तभित्र एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुङ्गो लगाउने तयारी गरिएको बताउनुभयो ।

अध्यक्ष दाहालले सकेसम्म आजै कार्यविभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग र आयोग टुङ्ग्याउने तयारीमा रहेको बताउनुभयो । “मूलभूत रुपमा आज हामी बाँकी काम टुङ्ग्याउँछौँ”, उहाँले भन्नुभयो, “सचिवालय, स्थायी कमिटी बसेर त्यसलाई अन्तिम रुप दिने छाँै । ढिलै भए पनि केन्द्रीय कमिटीको बैठक बसेर केन्द्रीय कार्यक्रम र अभियान बनाएर देशव्यापी अभियानमा जानेछाँै ।” केही महीनाभित्र पार्टी कमिटीलाई जनतासँग जोड्ने गरी अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो ।

देशभित्र र बाहिर दुई पार्टीबीच भएको एकतालाई असफल पार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले कसैको दयामायाले आफूहरुले एक्लै दुई तिहाइ मत नपाएको प्रस्ट पार्नुभयो । “हिजोका राजा महाराजाको दयामायाले हामी यो स्थानमा आएका होइनौँ”, उहाँले भन्नुभयो, “हामीले लडेर, सङ्घर्ष गरेर, जनतासँग एकाकार भएर, जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्ने प्रक्रियामा त्याग, तपस्या र बदिलानका थुप्रै कीर्तिमान कायम गर्दै खोसेर लिएको हो ।”

उहाँले देशको स्थायित्व र आर्थिक समृद्धिका लागि पार्टी एकता आवश्यकता छ भन्ने बोध गरेर मात्र दुई पार्टी एकता गरिएको प्रस्ट पार्नुभयो । “प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरिएको होइन, पार्टी एकता खल्बल्याउने देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हामीले परास्त ग¥यौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रा उम्मेदवार, घोषणापत्र र पार्टी एकता गर्ने सङ्कल्पलाई देशैभरि जनताले अनुमोदन गरेका छन् ।”

उहाँले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्षले जनताले विश्वास गरेर दुई तिहाइ प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहनाअनुसार काम गर्नुपर्ने चुनौती रहेको पनि दोहो¥याउनुभयो ।

उहाँले भन्नुभयो, “हामी कम्युनिष्टहरूलाई हराउने भनेको हामीभित्रको अहङ्कार हो । प्रतिक्रियावादीले हामीलाई हराउन सक्दैन ।” उहाँले शोभियत सङ्घ र युरोपका कम्युनिष्ट पार्टी पतन भएको आन्तरिक कारण नै प्रमुख रहेको बताउनुभयो ।

जनताको मन जित्ने गरी सम्पूर्ण नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उहाँले असल व्यवहार, आचरण देखाए मात्र जनताले समर्थन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com