ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित समुदायका लागि १९२ आवास घर बन्दै


एबीसी न्यूज
असार ३१, २०७६ मंगलबार  १ : २१ बजे

 

दाङ ,३१ असार । दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश स्थानीय तहमा ती घर बन्ने भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७÷१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५÷१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण गरिने उहाँको भनाइ छ ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित आयोगमा सूचिकृत दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् । पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ ।
त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने अधिकृत केसीले बताउनुभयो । त्यस्तै प्रदेश नं ५ को रोल्पामा २१, रुकुम पूर्वमा पाँच र प्यूठानमा ३५ त्यस्ता घर निर्माण हुने भएका छन् ।

रोल्पाकोे गङ्गादेव गाउँपालिकामा छ, माडी गाउँपालिकामा पाँच, सुनिलस्मृति गाउँपालिकामा पाँच र सुनछहारी गाउँपालिकामा पाँच गरी २१ घर निर्माण हुनेछन् । त्यस्तै रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा पाँच र प्यूठानको सरुमारानी गाउँपालिकामा १७, नौबहिनी गाउँपालिकामा १४ र प्यूठान नगरपालिकामा १४ घर निर्माण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार जनहितमा काम गर्दैछ ः रास्वपा मधेष प्रदेश , महामन्त्री । भिडियो

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com