ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तामाकोशीले दियो ११ परिवार सुकुम्वासीलाई लालपूर्जा


एबीसी न्यूज

दोलखा, ३० असार । दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाभित्र रहेका ११ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । गाउँपालिकाभित्र तीन पुस्तादेखि बसोबास गर्दै आएका ११ भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले लालपूर्जा वितरण गरेको हो ।

गाउँपालिकालाई सुकुम्वासीविहीन गाउँपालिका बनाउने उद्देश्यअनुसार तीन पुस्तादेखि अरुकामा बस्दै आएका भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले रु एक लाख ५० हजारका दरले जग्गा खरीद गरी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले लालपूर्जा हस्तान्तरण गर्नुभएको छ ।

लालपूर्जा प्राप्त गर्नेमा गाउँपालिका वडा नं १ का शान्त तामाङ, सन्देश तामाङ, मङ्गलसिंह तामाङ, मिङ्मार लामा, वडा नं २ का भीमबहादुर भुजेल, वडा नं ३ का जीतबहादुर खत्री, विन्दा सार्की, दिपेश बस्येल, राजु खत्री, मीनबहादुर सार्की र वडा नं ४ का ज्ञानु श्रेष्ठ रहेका छन् ।

गाउँपालिकाले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्न वडा नं ३ का अध्यक्ष रामप्रसाद काफ्लेको संयोजकत्वमा समिति बनाएको थियो । समितिले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्दा १९ सुकुम्वासी रहेको पहिचान गरेको थियो । संयोजक काफ्लेले गाउँपालिकाले यो वर्ष सबै सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने योजना भए पनि कतिपय सुकुम्वासी सम्पर्कमा नआएकाले ११ सुकुम्वासीलाई मात्र वितरण गरेको र अन्यलाई पनि पुनः वितरण गर्ने बताउनुभयो ।

गाउँपालिकाले ११ सुकुम्वासीलाई विभिन्न ठाउँमा ठाउँअनुसार रु एक लाख ५० हजारका दरले एक÷एक रोपनीभन्दा बढी जग्गा भएको जग्गाधनी पूर्जा वितरण गरेको प्रमुख पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलले भूकम्पपछि आफ्नो जग्गा नभएका कारण पुनःनिर्माण गर्न नसकेका ती सुकुम्वासीलाई अब पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गरेर स्थायी आवास निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com