ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटीमा ३ सय ६३ संस्थाको दर्ता खारेजी


एबीसी न्यूज
असार ३०, २०७६ सोमबार  ३ : ३१ बजे

 

काठमाडौं, ३० असार ।  संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

“संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्थाहरु तोकिएको समयमा नवीकरण गर्न नआएपछि खारेज गरिएको हो”, प्रजिअ पौडेलले भन्नुभयो, “नवीकरणका लागि जारी गरिएको ३५ दिने सूचनाको म्याद समाप्तिपछि ती संस्थाको दर्ता खारेजीमा परेको हो ।” दर्ता खारेज हुने संस्थाहरुमा साबिकको जिविसअन्तर्गत सञ्चालित उपभोक्ता समिति, मठमन्दिर निर्माण समिति, जल उपभोक्ता समितिसमेत रहेको उक्त कार्यालयले जनाएको छ ।

दर्ता भएका ६१० गैरसरकारी संस्थामध्ये २०५५ देखि २०७२ सालसम्म नवीकरण नगरेका संस्थाहरु खारेजमा परेका प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २०४४ सालदेखि संस्था दर्ता गर्ने कार्य शुरु गरिएकामा अहिलेसम्म ६१० गैरसरकारी संस्था दर्ता भएका थिए तर पटक पटक गरी ४२३ संस्थाको दर्ता खारेज भइसकेको छ । अब जिल्लामा १८७ दर्तावाला गैरसरकारी संस्था छन् । तोकिएका नियम पालना नगर्दा ती संस्थाको दर्ता खारेज गरिएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष रघुबहादुर कठायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार जनहितमा काम गर्दैछ ः रास्वपा मधेष प्रदेश , महामन्त्री । भिडियो

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com