लिबियाको एक शरणार्थी शिविरमा हवाई हमला, ४० जनाको मृत्यु, ८० जनाभन्दा बढी घाइते



 

लिबिया , १८ असार । लिबियास्थित एक शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

हमलामा परि ८० जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । राजधानी त्रिपोलीको पूर्वी हिस्सामा रहेको शरणार्थी शिविरमा हमला भएको हो । उक्त शिविरमा अधिकांश अफ्रिकी शरणार्थी बस्दै आएका थिए । हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन । हमला हुँदा उक्त शिविरमा एक सय २० भन्दा बढी शरणार्थी रहेको बताइएको छ ।

सरकारी सुरक्षा निकायले उक्त हमलामा लिबियन नेशनल आर्मी नामक संगठनको संलग्ना रहेको आरोप लगाएको छ । तर उक्त संगठनका प्रवक्ताले उक्त घटनामा आफूहरुको संलग्नता नरहेको बताएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All