आर्थिक विकास केन्द्रित विदेश नीति : प्रम ओली (पूर्ण पाठ)



हाम्रो वैदेशिक सम्बन्ध, विदेश नीति, परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध साझा चासोको विषय हो । यस विषयमा सिङ्गो देश एउटै नीतिमा र एउटै भाषामा बोल्नुपर्छ । यस विषयमा इतिहासमा देशको अवस्था कहिल्यै एकैनासको रहेन । राजनीति नै राम्ररी थिग्रिन नसकेको अवस्था छ । प्रणालीगत माध्यम पनि गम्भीर अवस्थामा छ । आधारभूत रूपमा भिन्नता रहेको अवस्थामा परराष्ट्र नीति सम्बन्धको उद्देश्यमा समान दृष्टिकोण नहुनु स्वाभाविक हो ।
देशमा राजनीतिक परिवर्तन, राजनीतिक स्थिरता र स्थायित्वले स्थान लिएको छ । राजनीतिक प्रणाली, गणतन्त्रात्मक प्रणाली, शासन व्यवस्था यी कुरा संवैधानिक विषयमा स्पष्ट भइसकेको छ, स्थापित भइसकेको छ । जनतामा सार्वभौमसत्ता आइसकेको छ । अब देश विकास गर्न, देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले अगाडि बढाउन जरुरी छ । त्यस्तै राजनीतिक क्षेत्रमा हामीले प्राप्त गरेका उपलब्धि संरक्षण, सुरक्षित, सुदृढ र इमान्दार कार्यान्वयन गर्न आवश्यक छ । मुख्य रूपमा हामी देशलाई समृद्धिको बाटोमा तीव्रताका साथ अगाडि बढाउन चाहन्छौँ । हाम्रा सम्पूर्ण प्रयास सुशासन र विकासमा केन्द्रित हुनुपर्छ । हाम्रा प्रयास, स्रोत, सीप र प्रविधि सबै विकासतर्फ केन्द्रित गर्नुपर्छ । यसो गर्न हाम्रो एक्लो प्रयास पर्याप्त नहुन पनि सक्छ, मित्रहरूको साथ सहयोग पनि लिनुपर्ने हुन्छ ।
हामी मित्रहरूको सहयोग लगानी र प्रविधि भिœयाउने कुरामा लिन चाहन्छाँै । अनुदान धेरै अपेक्षा नगरौँ । हामी ऋण लिन चाहन्नौँ । त्यसैले हामी सबैभन्दा बढी लगानी होस् भन्ने चाहन्छौँ । लगानी हाम्रो आवश्यकता र प्राथमिकतामा पर्छ । हामी लगानी गर्न आमन्त्रण गर्छौं । यी उद्देश्यमा एक वर्षअघि हामीले सङ्क्षेपमा कुराकानी पनि गरेका थियौँ । त्यसबेला राष्ट्रिय आवश्यकताबारे छलफल भएको थियो । विकसित सभ्य, शान्तिपूर्ण, सुरक्षित, पारस्परिक सद्भावयुक्त समाज चाहिन्छ । यसले मानवीय सभ्यता, स्वतन्त्रता, सम्मान र योग्यताको कदर गर्नुपर्छ । हामीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नुपर्छ । हाम्रा धेरै सम्झौता यिनै विषयमा केन्द्रित गरेका छौँ । हाम्रो सार्वभौमसत्ताको सुरक्षा गर्न, हाम्रो स्वाधीनता जोगाउने प्रश्नमा हाम्रो भौगोलिक अखण्डता र अक्षुणताको प्रत्याभूति र त्यसको सुरक्षा गर्न, हाम्रो राष्ट्रिय हितको रक्षा गर्न र हाम्रो राष्ट्रिय स्वाभिमान त्यसको संरक्षण गर्न एकमत हुनुपर्छ । यी कुरामा आधारित भएर हाम्रो विदेश सम्बन्ध र परराष्ट्र सम्बन्ध बनाउनुपर्छ ।
‘इकोनोमिक डिप्लोमेसी’ ‘पोलिटिकल डिप्लोमेसी’भन्दा अगाडि बढेको छ तर ‘पोलिटिकल डिप्लोमेसी’ पनि त्यतिकै आवश्यक छ । हामी कुनै पनि राष्ट्रको सम्बन्ध सार्वभौम समानताका आधारमा बन्छन् । यी मान्यतासँग पनि यहाँ हामीले सार्वभौम समानता खोज्छौँ । हामी हाम्रा भित्रबाट ‘एक्स्ट्रा डिप्लोमेटिक एक्टिभिटिज’ नहोस् भन्ने चाहन्छौँ । ताकि हाम्रो सार्वभौमसत्तामा प्रश्न उठेको हामीले महसुस गर्नुपर्ने स्थिति नहोस् ।
आजको अन्तर्राािष्ट्रय सम्बन्ध १२औँ शताब्दीको सम्बन्ध हो । यो संयुक्त राष्ट्रसङ्घको बडापत्र र मूल्य मान्यतामा आधारित हुनुपर्छ । हामीले त्यसैका आधारमा सम्बन्ध अगाडि बढाएका छौँ । हामी असंलग्न आन्दोलनको सुरुदेखिकै सदस्य हौँ । त्यो समानता र त्यो सद्भावनालाई आज पनि अन्तर्राष्ट्रियस्तरमा सम्मान गरिन्छ । राष्ट्र निर्माण, स्वाधीनता कायम राख्ने प्रसङ्ग नै किन नहोस् त्यसमा टिप्पणी गर्न पाउनुहुन्न । आधारभूत रूपमा राष्ट्रको अस्तित्व र स्वाधीनता बचाउने कुरामा हाम्रा पूर्वज र अग्रजको स्पष्टता र महìवपूर्ण योगदान रहेको छ । यस प्रसङ्गमा हामीले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र अवलम्बन गरेका छौँ, जहाँ नेपाली जनता सार्वभौम छन् । विदेश मामिलाको सम्बन्धमा, परराष्ट्र मामिलाको सम्बन्धमा, परराष्ट्र नीतिका सम्बन्धमा दृष्टिकोणमै भिन्नता हुनुपर्ने कुनै आवश्यकता छैन । यहाँको संवाद, विचार विमर्श र चिन्तन मननले नै हाम्रो विदेश नीति, परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध, र आज हामीले लिइरहेको बाटो थप स्पष्ट हुनेछ ।
विभिन्न कोणमा र कुटनीतिका विभिन्न पक्षमा झँै समृद्धि हासिल गर्न महìवपूर्ण भूमिका रहनेछ । आजको सन्दर्भमा आर्थिक कुटनीति छ, वातावरणीय कुटनीति छ, खेल कुटनीति छ विविध प्रकारका विषय छन् । हामी चाहन्छाँै, प्रतिस्पर्धा स्वाभाविक र स्वस्थ होस् । खुला र स्वस्थ प्रतिस्पर्धा होस् । बिनासित्ती लडाइँ अर्कैको हुन्छ, घाँस मैदान माडिने अवस्था नहोस् । हामीले थुप्रै कुरामा पुनरावलोकन गर्दैछौँ, छिमेकी सम्बन्धमा पुनरावलोकन गर्दैछौँ । हामीले इमिनेन्ट पर्सनसँगै विभिन्न समूह बनाएका छौँ । त्यसले महìवपूर्ण काम गरेको छ ।
संयुक्त रूपले काम पूरा गरेर प्रतिवेदन बुझाउने वातावरण छिट्टै बनोस् । विदेश भ्रमणमा थुप्रै विषयमा हामीले छलफल गरेका छौँ । अनौपचारिक औपचारिक बैठकमा बसेर द्विपक्षीय, बहुपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा हामीले कुरा गरेका छौँ । हाम्रा विषय व्यवस्थित ढङ्गले, जायज ढङ्गले, सम्मानयुक्त ढङ्गले, स्पष्टताका साथ प्रस्तुतीकरण गरेका छौँ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा न्यायोचित प्रश्नमा पनि ध्यान दिन जरुरी छ । न्यायोचित छ कि छैन भन्दा न्यायको कोणबाट, न्यायको तराजुबाट नहेरी स्वार्थ हेर्ने कुरा हुन्न । अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रिय हित हेर्नुपर्छ तर राष्ट्रिय हितमात्रै हेरेर न्याय हेरिएन भने उचित हैन अन्धो राष्ट्रियता हुन्छ । त्यसकारण सरकारले न्यायलाई नहेर्ने, अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई नहेर्ने, धर्तीको अस्तित्व नहेर्ने, हाम्रा सन्ततिको भविष्य नहेर्ने तर प्राथमिक, आवधिक र तत्कालिक हितमात्रै हेर्न मिल्दैन ।
त्यसकारण शक्ति नै सत्य हो भन्ने कुरा स्वीकार्य हुन सक्दैन । मुद्दामा अगाडि बढ्नु पर्छ । हामीले देशहरूबीच असल छिमेकी बन्छौँ र सन्तुलित नीति अवलम्बन गरेका छौँ । हाम्रा छिमेकमा कतै तनाव नहोस् र छिमेकमा तनाव उत्पन्न भइहाल्यो भने संवादको माध्यमबाट उचित मार्ग निकाली ती तनावलाई व्यवस्थापन गरौँला । हामी विश्व शान्तिको पक्षमा छौँ । हामीले विभिन्न स्थानमा शान्ति सेनामा नेपाली पठाउने कुरा, हाम्रा सुरक्षाकर्मी पठाउने गरेका छौँ । शान्तिको पक्षमा छौँ, हाम्रो नीति सबैसँग मित्रता, कसैसँग पनि शत्रुता छैन । कुनै मुद्दामा प्रश्न उठेमा, प्रतिवाद भएमा समस्याका रूपमा हैन विषयका रूपमा लिन्छौँ । छलफल गरेर समाधान निकाल्न सक्छौँ भन्ने हामीलाई लाग्छ ।
राष्ट्रिय हितमा आफ्नो सर्वोपरि होस् र राष्ट्रिय हितबाटै नीतिको निर्धारण गर्न सकिन्छ र न्याय हुनसक्छ । आजको मात्र हैन अबको भविष्य हेरौँ । मानवअधिकारमा प्रश्न गरौँ, अन्तर्राष्ट्रियस्तरमा छाएको चासो चिन्ता र उदाउँदो विषयमा प्रश्न गरौँ । खाली अहिले, यतिबेला अब के हुन्छ भन्ने हैन । हाम्रो उद्देश्यमा स्पष्ट हुनुपर्ने बेला
आएको छ ।
अब नेपाल धेरै वर्ष गरिब हुने अवस्था छैन । १८ प्रतिशत गरिबी छ । केही वर्षभित्रै यो गरिबी समाप्त पार्दैछौँ । विपन्न मात्र हैन, अलपत्र अवस्थाका गरिबीको पनि अन्त्य हुनेछ । आधारभूत शिक्षा, निःशुल्क शिक्षा, स्वास्थ्यमा काम भइरहेको छ । गरिबीमाथि हाम्रो प्रहार तीव्र बनाएका छौँ । धनी गरिबबीचको अन्तर राम्रो कुरा हैन । आधारभूत आवश्यकता पूरा गर्ने र खान लाउन पुग्ने स्थितिमा हामीले पु¥याउन सक्ने अवस्था भयो भने त्यो अन्तर केही कम हुनु राम्रो कुरा हो ।
हामी आफ्नो क्षेत्रमा र अन्तर्राष्ट्रिय रूपमा शान्ति कायम गर्न चाहन्छौँ । त्यसका निम्ति प्रयास गर्न चाहन्छौँ । हाम्रा सहयोगीसँग, हाम्रा मित्रसँग सहयोग, साथगर्दा र सहकार्य गर्दा सहयोग गर्न चाहन्छौँ । विश्व शान्तिका लागि योगदान गर्छौं, विश्व वातावरण स्वच्छ रहोस् । त्यसका लागि योगदान गर्छौं । हामीसँग जलाधार छ, हामीसँग तालतलैया छ, हामीसँग प्राकृतिक स्रोत छ । यसर्थ योगदान गर्न सक्ने अवस्थामा छौँ ।
हामीसँग यहाँ ४५ प्रतिशत वन छ । वन क्षेत्रलाई वन नै बनाउँछौँ । सहरलाई हरियालीयुक्त बनाऔँ । वातावरणलाई हरियालीयुक्त बनाऔँ । ग्रिनसिटी, स्मार्ट सिटी विकास गरौँ । यो हामीले आफ्नो लागिमात्र हैन, भोलिका लागि पनि हामीले योगदान गरिरहेका छौँ । एकलौटी अरूबाट अपेक्षा मात्र हैन, योगदान गर्ने मानसिकतामा छौँ । योगदान गर्ने चाहना पनि छ र इच्छा पनि छ, हामी गर्छौं । योगदान भनेको सहयोग र लगानी मात्र हैन । योगदानका बहुपक्ष छन् जसमा अन्तर्राष्ट्रिय न्यायोचित विषय छन् । त्यसकारण यसमा बढी आफूलाई केन्द्रित गरेर जानुपर्ने हुन्छ ।
यी सबै विषयमा हामी छलफल गर्न चाहन्छौँ । हामी एक ठाउँमा बसौँ । राजनीतिमा अलिअलि प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धाको प्रणालीभित्र यस्तो स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । म सरकारको तर्फबाट भन्न चाहन्छु, सरकारले के गर्नुपर्छ, सार्वजनिक संस्थासँग, पार्टीसँग, सङ्घ संस्थासँग बस्न आवश्यक छ । त्यसो गर्नाले राष्ट्रलाई फाइदा पुग्छ । एउटै उद्देश्य छ देशको विकास । आज हामी देश विकासका लागि बाह्य संलग्तालाई कसरी ल्याउने रु यस विषयमा छलफल गरौँ ।
यस उपस्थितिले ज्यादै महìवपूर्ण निष्कर्ष निकालोस् । हाम्रो वैदेशिक सम्बन्धमा महìवपूर्ण परिणामको आशा गर्दछु । नदेखिएका अन्तरकुन्तर उजागर गर्ने प्रयास गरोस् ।
(२०७६ अससार १४ गते काठमाडौंमा भएको विदेश नीति सम्वन्धी सम्मेलनमा प्रस्तुत धारणा)

    Comment Here!


सम्बन्धित समाचार

View All