ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको उन्नयनका लागि जर्मनीले हरसम्भव सहयोग उपलब्ध गराउने


admin
कार्तिक ७, २०७४ मंगलबार  ३ : ५९ बजे

काठमाडौँ, ७ कात्तिक ।   नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफेरले नेपालको सामाजिक एवं आर्थिक उन्नयनका लागि जर्मनीले हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिसमक्ष सोमबार मात्र ओहोदाको प्रमाणपत्र पेश गरी आजदेखि औपचारिक रुपमा कार्यारम्भ गर्नुभएका उहाँले कूटनीतिक मामिलामा कलम चलाउने केही सञ्चारकर्मीसँग आज आफ्नै निवासमा कुरा गर्दै जर्मनी र नेपालबीच सहयोग, सम्बन्ध र सम्पर्क अभिवृद्धि आफ्ना प्राथमिकता हुन् भन्नुभयो ।

नेपालमा जर्मनीको लगानी प्रवद्र्धन पनि उत्तिकै प्राथमिकताको विषय भएको स्पष्ट गर्दै राजदूत शेफेरले संक्रमणकालको अन्त्यसँगै लगानीको वातावण बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

निष्कर्षोन्मुख शान्तिप्रक्रिया, संविधानसभाबाट जारी संविधान र त्यसको कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई उपलब्धिका रुपमा चित्रण गर्दै उहाँले आगामी महिना हुने संघ र प्रदेशको निर्वाचनले लोकतन्त्रको जग सुदृढ तुल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको सुदृढीकरणका निम्ति पनि नेपाललाई हाम्रो सहयोग निरन्तर रहनेछ ।”

शान्ति प्रक्रियाबारे विश्वलाई भन्नुपर्छ 

नेपालको शान्तिप्रक्रियाको सफलता विश्वका निम्ति उदाहरणीय नमूना भएको बताउँदै उहाँले त्यसबारेमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । विश्वका द्वन्द्वग्रस्त मुलुकले शान्तिको मार्गमा अग्रसर हुन नेपालबाट धेरै सिक्न सक्ने उहाँको आशय थियो ।

उहाँले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न जर्मनीले सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो । युरोपेली संघ र अर्जेन्टिनालगायत मुलुकमा जर्मनीको राजदूतका रुपमा सेवा गरिसक्नुभएका उहाँले चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका राष्ट्रका बीचमा अवस्थित नेपालले ती देशबाट आर्थिक समृद्धि हासिल गर्न अथाह लाभ लिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com