
काठमाडौं, २ असार । नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामाले विनियोजित विधेयक अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च औचित्यपुर्ण नभएको भन्दै खर्च कटौती गर्न प्रस्ताव गर्नुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सहभागी हुदै उहाँ कार्यकर्ता पोस्ने ढंगले बजेट विनियोजन गरिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकम कटौती गर्न प्रसताव गर्नुभएको हो । उहाँले मन्त्रालयले भ्रमण भत्तालाई विशिष्ट प्रतिनिधि मण्डल भ्रमण भत्ता समेत गरि दुईवटा शिर्षकमा भ्रमण भत्ता राखिएको भन्दै तात्कालिन राजतन्त्रमा जस्तो व्यवहार देखिएको टिप्पणी गर्नुभयो । मन्त्रालयले सिप विकास तथा जनचेतना गोष्ठी सम्बन्धी खर्च भनेर कार्यकर्ता पोस्ने काम भएको आरोप लगाउनुभयो । चालु आर्थिक बर्षमा १ लाख ७० हजार रकम विनियोजन गरिएको यो शिर्षकमा आगामी आर्थिक बर्षका लागि ९ करोड ५० लाख छुट्याईएको छ ।
सवारी साधन खर्च अन्र्तगत चालु आर्थिक बर्षमा १ लाख १४ हजार रहेकोमा आगामी आर्थिक बर्षका लागि ३८ लाख राख्ने काम भएको भन्दै खर्च बढाउने अनुपात स्वभाविक र तर्कसंगत नभएको भन्दै मन्त्रालयगत खर्च कटौती गरि १ रुपैया कायम गर्न माग गर्नुभयो ।
अन्य प्रविधिगत खर्च मध्येको डेढ अर्ब बजेट काभ्रेका लागि मात्रै छुट्याउने काम भएको मा पनि उहाँले असहमति जनाउनुभयो ।
सांसद तामाङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैया कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।








प्रतिक्रिया दिनुहोस्