अछाममा चिरपटले हानेर छोराले गरे आफ्नै बुवाको हत्या



अछाम, ३० जेठ । अछाममा चिरपटले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।

जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्सिय निने ढोलिलाइ उनकै सहोदर जेठो छोरा प्रेम ढोलिले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन ।
हिजो राती ११ बजे चिरपटले बुबाको गर्धनमा हाने पछि ढोलिको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मृतक ढोलिलाइ पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसैन लिइएको छ । हत्या गर्ने प्रेम ढोलिलाइ प्रहरीले नियन्त्रणमा लिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए।

    Comment Here!


सम्बन्धित समाचार

View All