ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई जेनेभामा स्वीस वरिष्ठ अधिकारीबाट स्वागत, नेपाली समुदायसँग अन्तरक्रिया सहभागि


एबीसी न्यूज


काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा आइतवार स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएको छ । जेनेभा अन्तरराष्ट्रि«य विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित संयुक्त राष्ट्र« सङ्घ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका अधिकारी, जेनेभा क्यान्टनका काउन्सिलर तथा स्वीस वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओली जेनेभामा भइरहेको अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको भ्रमणमा जानुभएको हो । प्रधानमन्त्री ओलीले आइएलओको शतवार्षिकी समारोहलाई आज सोमबार सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको सम्मानमा जेनेभास्थित नेपाली नियोग प्रमुखले आइतवार साँझ स्वागत समारोह आयोजना गर्दै गर्नुभयो । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको छ ।

भ्रमणमा प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसद विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डे हुनुहुन्छ ।
परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीलगायत पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । गै¥हसरकारी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल जेनेभा भ्रमणमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com