
काठमाडौं,२२ जेठ । मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नेछ ।
त्यस्तै, प्रदेश अस्पतालाई तीन सय श्यया र जिल्ला अस्पताललाई ५०, स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण तथा सेवा विस्तार गर्ने, आववश्यकता अनुसार एक निर्वाचन क्षेत्र एक टेलिमेडिसिन सेवा विस्तार गर्ने, स्थानीय तहसँग सहकार्य गरी एम्बुलेन्स सेवा सञ्चालन गर्ने, नेपाल सरकारसँगको समन्वयमा सबै नागरिक स्वास्थ्य बीमा आवद्ध गराउने उल्लेख छ ।
चिकित्सा, विमान चालक तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति उपलब्ध गराइने भएको छ । कर्णाली खेलकूद विकास परिषद् गठन गर्नुका साथै बहुउद्देश्यीय रङ्गशालाको तयारी यसै आवबाट अगाडि बढाउने, जुम्लाको सिञ्जा र दैलेखको दुल्लूमा खस सङ्ग्रहालय स्थापना तथा सिञ्जामा नेपाली भाषा तथा विश्व साहित्य सम्मेलन आयोजना गर्ने भएको छ ।
प्राङ्गारिक मलको उत्पादन बढाइ रासायनिक मलको निरुत्साहन गर्ने, बीउ बैंकको स्थापना गर्ने, व्यावसायिक किसानलाई आवश्यक बेर्ना वितरण गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयमा वैदेशिक समन्वय महाशाखा स्थापना गर्ने उल्लेख छ । त्यस्तै, आम सञ्चार प्रविधि प्रतिष्ठान, डाटा बैंक स्थापना गरिनेछ ।
प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक नियमित गरी बजेट कार्यान्वयनको अवस्था प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । विपद् र भोकमरीको समयमा औषधिसहित खाद्यान्न उपलब्ध गराउन जनभकारी सञ्चालन गर्ने, साउन २८ गते विपद् सचेतना दिवस मनाउने भएको छ ।
नागरिक र प्रदेश सरकारबीच सम्बन्ध मजबूद बनाउन ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम लागू गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रम उल्लेख छ ।







प्रतिक्रिया दिनुहोस्