ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास वातावरणमैत्री हुनुपर्छ – प्रधानमन्त्री ओली


एबीसी न्यूज


काठमाडौं,२२ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गर्नुभयो ।

मुलुक समृद्ध बनाउने अभियान चलाउँदा वातावरण संरक्षणका लागि पनि जिम्मेवार र सचेत हुनुपर्ने सन्देशमा उल्लेख छ । आर्थिक, सामाजिक र भौतिक उन्नतिका लागि विकासका अभियान सञ्चालन गर्दा वातावरणीय विनाशको जोखिमतर्फ सजग रहन उहाँले अनुरोध गर्नुभएको छ । विकास र संरक्षणबीचमा तालमेल मिलाउने काम निकै चुनौतीपूर्ण हुने भन्दै उहाँले बहुआयमिक समृद्धि हासिल गर्दै जाँदा वातावरणीय विनाश हुँदै गयो भने त्यस खालको प्रगति दिगो र सबैका लागि उपयोगी नहुने उक्त सन्देशमा उल्लेख गर्नुभएको छ ।

“प्रत्येक नेपाली नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने आफ्नो मौलिक हकको सुनिश्चितताका लागि आआफ्नो जिम्मेवारी पूरा गर्न अझ तत्परता र क्रियाशीलताका साथ योगदान गर्नुहुनेछ भन्नेमा समेत म विश्वस्त छ”, सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधानले प्रत्येक नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको स्मरण गर्नुभएको छ ।

वायुको स्वच्छता कायम गरी स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको प्रत्याभूति गर्ने अभियानले भावी पुस्ताका लागि पनि यो मौलिक हक उपभोग सुनिश्चित गर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत सबैले वातावरणको स्वच्छता कायम गर्नुपर्ने सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com