
एजेन्सी । भारतीय वायुसेनाको एक जहाज भारत–चीन सीमा क्षेत्रबाट वेपत्ता भएको छ । भारतीय एयर फोर्सको एएन–३२ विमान अरुणाञ्चल प्रदेशबाट वेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिउँसो १२ : २५मा जोरहाटबाट उडेको जहाज दिउँसो १ बजेसम्म सम्पर्कमा रहेको थियो । त्यसपछि जहाज एकाएक वेपत्ता भएको छ । भारतीय वायुसेनाले विमानमा ८ चालक दलका सदस्य र ५ यात्रु रहेका थिए ।
भारतीय वायु सेनाले हरेक प्रकारका प्रविधिको प्रयोग गरेर जहाजको खोजी भैरहेको जनाएको छ । भारतीय वायु सेनाको एएन–३२ जहाज यसअघि सन् २०१६ मा समेत वेपत्ता भएको थियो । यसअघिको जहाजमा २८ जना वेपत्ता भएका थिए । यो घटना अहिलेसम्म रहस्यमै रहेको छ ।
एएन–३२ जहाजमा एक पाइलट, एक कोपाइलट, इन्जिनियर सहित कम्तिमा ५ सदस्यीय क्रू मेम्बर हुन्छन् । यसमा झण्डै ५० जनाले यात्रा गर्न मिल्छ । भारतीय वायुसेनाले यसलाई अति आवश्यक जहाजका रुपमा लिन्छ ।
भारतीय वायुसेनासंग १ सयको हाराहारीमा यस्ता जहाज छन् । यो जहाज भारतीय वायुसेनासंगै श्रीलंका, अंगोला र युक्रेनका सेनासंग समेत रहेको छ । यसका दुई इन्जिन हुन्छन् । यो जहाज ५५ डिग्री सेल्सियसको अधिक तापक्रममा समेत ल्याण्ड गर्न सक्छ । यसले १४ हजार ८०० फिटसम्मको उचाईमा पुगेर यात्रा गर्न सक्ने हुन्छ ।







प्रतिक्रिया दिनुहोस्