ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमती र छोरालाई २ लाख २० हजार भारुमा बेच्ने श्रीमानलाई ३८ वर्ष ६ महिना कैद


एबीसी न्यूज

दैलेख,  २०  जेठ । प्रेमविवाह गरी भारतको बैंगलोरमा पु¥याएर आफ्नै श्रीमती बिक्रि गरेका दैलेखको भैरवी गाउँपालिका ४ का २१ वर्षीया टेकराज पुरीलाई जिल्ला अदालत दैलेखले आईतवार ३८ वर्ष ६ महिना कैद ३ लाख जरिवाना फैसला सुनाएको छ ।

२०७४ माघमा उनले आफ्नै श्रीमती र छोरालाई २ लाख २० हजार भारुमा बेचेको भन्दै ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको मानव बेचबिखन सम्वन्धी मुद्दा अनुसन्धान भई दिईएको जाहेरीको आधारमा उनलाई फैसला सुनाईएको हो ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट उक्त फैसला सुनाईएको हो । फैसला अनुसार मानव बेचबिखन ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २ लाख जरिवाना, सोही ऐनको १५ (ङ) (१) वमोजिम १५ बर्ष कैद एक लाख जरिवाना, सोही ऐनको दफा १५ ( ४) वमोजिम ३ वर्ष ६ महिना कैद र २० हजार जरिवाना र सोही ऐनको दफा १७(१) वमोजिम पीडितलाई १ लाख ६५ हजार क्षतिपूर्तिको फैसला भएको जिल्ला अदालत दैलेखका प्रवक्ता बिनोद आचार्यले जानकारी दिएका छन् ।
प्रेमविवाह गरी भारतको बैंगलोरमा पु¥याएर २०७४ माघमा उनले श्रीमती र छोरालाई बेचेका थिए । शक्ति नेपालकै पहलमा परेको जाहेरीपछि जिल्ला सरकारी वकील कार्यालयले भदौ ३ गते दैलेख जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको थियो ।
घटनाको प्राप्त सूचनाका आधारमा शक्ति नेपाल र एक संस्थाको पहलमा बैंगलोरबाट उद्धार गरी नेपालगञ्ज हँुदै काठमाण्डौं पु¥याएर पीडित आमा छोरालाई आश्रय संगै कानूनी उपचार प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com