
इन्दिरा खनाल,
टोकियो जापान, १९ जेठ । नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतले नेपालमा सुरक्षाको ग्यारेन्टी नहुँदा बैदेशिक लगानी भित्रन नसकेको बताउनुभएको छ ।
नेपाली जनसंम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीले जापानको टोकियोमा आयोजना गरेको अन्तर्कियात्मक कार्यक्रलाई संम्बोधन गर्दै उहाँले सुरक्षाको निती स्पष्ट नहुँदा लगानीकर्तामा उत्साह नभएको उल्लेख गर्नुभयो । उहाले वर्तमान सरकार २ तिहाई र स्थिर हुदा पनि काम गर्न नसकेको टिप्पणी गर्दै सरकार काम भन्दा गफ बढी गरेर जनतालाई आश्वासन बाढ्नमै व्यस्त भएको आरोप समेत लगाउनुभयो । डा. महतले वर्तमान सरकारसंग थुप्रै अवसर भएको र जनताले ठुलो अपेक्क्षा गरेकाले सरकारले जनताको भावनाअनुसार कामगर्नु पर्नेमा २ तिहाईको अहमता देखाएर जनतालाई निरास बनाएको उल्लेख गर्नुभयो ।
सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा राखेर मात्र देश समृद्ध नहुनेभएकोले नेपाली जनताले महसुस गर्ने गरी समृद्धी ल्याउन सुझाव दिनुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले सरकार नितीमुखी नभई व्यक्तीमुखी भएर काम गरेकाले देशमा आर्थिक बृद्धिदर बढ्न नसकेको बताउनुभयो । उहाँले देशमा भष्टचार मौलाएको संकेत गर्दै सरकार भष्टचार नियन्त्रणमा उदासिनता देखिएको बताउनुभयो । नेपाली जनसंम्पर्क समिती कान्तोका अध्यक्ष एकेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनिनीक दलका नेता तथा कार्यकर्ता, सामाजिक अगुवा पत्रकार र विध्याथीहरु उपस्थित भएका थिए ।









प्रतिक्रिया दिनुहोस्