चन्द्रागिरी नगरपालिकामा बम विस्फोट दुई घाइते, ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ

2019-05-26 21:23


काठमाडौं, १२ जेठ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो । प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा आकाश लामा छन् । अर्का व्यक्तिको पहिचान भएको छैन । उनीहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।
ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ ।

कोटेश्वर, नरेफाँटबाट प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पार्टीको पर्चा पनि बरामद भएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All