
काठमाडौँ, १२ जेठ । काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर र बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर र बम विस्फोट भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो। सुकेधारामा २ जनाको र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुढानिलकण्ठ नगरपालिका– ४ सुकेधारास्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ। विष्फोटमा घाईतेहरुको बीर र टिचीङमा उपचार भईरहेको छ । भने घाइतेको अवस्था निकै चिन्ताजनक रहेको छ। प्रहरीका अनुसार घट्टेकुलो चोक नजिकै भएको घटना उक्त ब्यक्तिहरुले नै बम कतै राख्न निकाल्दै गर्दा या बनाउदै गर्दा विष्फोट भएको हुन सक्ने प्ररारम्भीक अनुसन्धानमा देखिएको छ । घटना पछि ब्यापकरुपमा प्रहरी परिचानल गरिएको छ भने घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्