
काठमाडौं, १० जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित युनुस अन्सारी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा युनुस अन्सारी, पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार ३ पाकिस्तानी नागरिकलाई लिन युनुस विमानस्थल पुगेका थिए ।
विमानस्थल भन्सार कार्यालयकाका अनुसार विमानस्थलबाट बरामद नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।
प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्