
काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्राप्त उपलब्धीलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नु पर्ने बताउनुभएको छ । मदन आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताउनुभयो । उहाले भन्नुभयो – विचारलाई दम्भका रुपमा लिएको भए एकता हुने नै थिएन। हामीले अन्धो भएर पार्टी एकता गरेका होइनौं। हामी नयाँ प्रक्रियामा जाँदैछौं। जनताको बहुदलिय जनवादलाई पनि बैज्ञानिक समाजवादतर्फ लैजानुपर्ने उहाँले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्